काठमाडौं:- रास्वपा का सभापति रवि लामिछानेको बयान जारी छ । काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालयले आज बिहान बयानका लागि सरकारी वकिलको कार्यालयमा उनलाई उपस्थित गराइएको जनाएको छ ।
उनलाई बुद्ध एयरको जहाजमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट बिहीबार बेलुका बयानका लागि काठमाडौं ल्याइएको थियो । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनबारे बयान लिन उनलाई काठमाडौं ल्याइएको हो ।
उक्त सहकारीको बचत हिनामिना प्रकरणमा लामिछाने र उनका साझेदार छविलला जोशीविरुद्ध यसअघि नै काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।