बेथानचोक : काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर २ मा ३०१८ फिट उचाइमा रहेको बेथानचोक नारायण स्थान मन्दिर क्षेत्रमा असोज ११ र १२ गतेको अविरल वर्षाले उल्लेखनीय प्रभाव पारेको छ। लगातारको वर्षाले स्थानिय जनजीवन मात्र होइन, भौतिक संरचना र प्राकृतिक सौन्दर्यमा पनि असर पु¥याएको छ।
बेथानचोक नारायणस्थान क्षेत्र, जो धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको छेत्रको रूपमा पर्दछ वर्षातका कारणले थुप्रै चुनौती झेलिरहेको छ। मुख्यतः बाटोघाटो, बिजुली खानेपानी लगाएतको छेत्र दयनीय बनेको छ ।
पहाडी क्षेत्रमा पानीको तीव्र बहावका कारण कतिपय सडकहरू भत्किएका छन् भने कतिपय ठाउँमा पहिरो खसेको छ । यसले मन्दिरसम्म पुग्नका लागि पर्यटक र भक्तजनलाई निकै कठिनाइ भएको छ भने गाउँपालिकाले मन्दिर छेत्र सम्मा मोटरबाटो खुलाउन प्रयास गरि रहेको समेत छ ।
वर्षाको कारण नारायणस्थान मन्दिर जाने बाटोमा थुप्रै ठाउँमा पहिरो खसेको छ । माटो र ढुंगाले बाटो छेकेको हुँदा गाडी र पैदलयात्रुलाई मन्दिरसम्म पुग्न अप्ठ्यारो परेको छ ।
वर्षाले मात्र मन्दिर क्षेत्रमा असर पु¥याएको छैन; आसपासका गाउँहरू पनि प्रभावित भएका छन्। बस्तीमा पानी पसेको, खेतबारी बगाएको र खानेपानीका स्रोतहरू धमिलिएका रिपोर्ट प्राप्त भएका छन् । कृषिमा निर्भर स्थानीय बासिन्दा आफ्नो बालीनाली नष्ट हुँदा थप समस्यामा परेका छन्।
स्थानीय सरकार र केही गैरसरकारी संस्थाहरूले मन्दिर क्षेत्रको अवस्थालाई सुधार गर्न प्रयास गरेका छन्। पहिरो हटाउन उपकरणसहितको टोली खटाइएको छ भने सडक मर्मतको काम सुरु गरिएको छ। तर, व्यापक क्षतिको कारण ती काम तत्काल प्रभावकारी देखिँदैनन्।
यस प्रकारका प्राकृतिक प्रकोपहरूसँग जुध्न र क्षति कम गर्न केही दीर्घकालीन योजना आवश्यक देखिन्छ। सडकहरूको गुणस्तर सुधार, पहिरो रोक्ने प्रणालीको विकास, र स्थानीय समुदायको चेतना अभिवृद्धि गर्न ध्यान दिनुपर्ने आवश्यकता रहेको देखिन्छ ।
बेथानचोक नारायणस्थान जस्तो धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षणका लागि स्थानीय, क्षेत्रीय, र राष्ट्रिय तहमा समन्वय आवश्यक छ। मन्दिर क्षेत्रलाई पूर्ण रूपमा पुनर्स्थापित गर्न समय लाग्ने भए पनि यसले धार्मिक पर्यटकको विश्वास पुनःस्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।