काठमाडौँ :- एउटा कोठामा पूर्व डिआइजी छविलाल जोशी र अर्को कोठामा रवि लामिछाने कास्की प्रहरीको हिरासत कक्षामा छन् । दुइ वटा कोठा एउटै फ्ल्याटका भए पनि उनीहरूको देख, भेट हुँदैन । पौने तीन बजे शनिबार बिहान लामिछाने हिरासत कक्ष छिरेका थिए। प्रहरीले कुनै समस्या छ भनेर सोध्दा उनले केही नभएको र अरू थुनुवा सरह खाने, बस्ने भनेको ती प्रहरी अधिकृतले बताए। प्रहरीले उनलाई बढी सुविधा दिएको छ।लामिछाने र जोशी एक्लै बस्न पाएका छन् । हिरासत कक्षका अन्य कोठामा थुनुवाको भीडभाड छ तर उनिहरु एक्लै बस्ेका छन् । साधारण थुनुवालाई भन्दा उनीहरूलाई खुकुलो र सजिलो छ।
लामिछाने र जोशी दुवै एउटै मुद्दामा पक्राउ परेका हुन्। दुवैमाथि पोखराको सूर्यदर्शन सहकारीको बचत गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर मासेको आरोप छ। गोर्खा मिडियाबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनका सञ्चालक एवं प्रबन्ध निर्देशक लामिछाने थिए भने जोशी सञ्चालक थिए। दुवैले सहकारीको रकम अपचलन गरेको र उक्त अपचलनमा संगठित रूपमा लागेको आरोप छ। यो आरोपमा अब अदालतले मात्र दोषी वा निर्दोष निर्क्यौल गर्न सक्छ।
लामिछानेलाई सरकारले फसाउन खोजेको र राजनीतिक प्रतिशोध साँधेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यतिबेला आफ्नो सम्पूर्ण शक्ति पोखरामा केन्द्रित गरेको छ। पार्टीका उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालदेखि सांसद, नेता तथा कार्यकर्ता सडक आन्दोलनको आँधी ल्याएर सरकार ढाल्ने चेतावनी दिन थालेका छन्।
गोर्खा मिडियाबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनका सञ्चालक एवं प्रबन्ध निर्देशक लामिछाने थिए भने जोशी सञ्चालक थिए। दुवैले सहकारीको रकम अपचलन गरेको र उक्त अपचलनमा संगठित रूपमा लागेको आरोप छ। यो आरोपमा अब अदालतले मात्र दोषी वा निर्दोष निर्क्यौल गर्न सक्छ।