काठमाडौँ :- सुनसरीमा दश जना जुवाडेलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। मदन ढकालको घरमा (धरान उपमहानगरपालिका –१ स्थित) जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाज जबेगुले बताए ।
दैनिक जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ढकालको घरमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवश कुँवर नेतृत्वको प्रहरी टोली परिचालन गरी उनीहरूलाई पक्राउ गरिएको डिएसपी जबेगुले बताए । दुईजना भने फरार रहेका छन्।
५९ हजार ६ सय ८० रुपैयाँ नगद र तास जुवाडेको साथबाट बरामत गरिएको डिएसपी जबेगुले बताए । पक्राउ परेकाहरू माथि आवश्यक अनुसन्धान हुने प्रहरीले जनाएको छ।