काठमाडौं :- ७ खेलाडी न्यूनतम मूल्य १० लाख रुपैयाँमा नेपाल प्रिमियर लिग अक्सनमा दोस्रो चरणमा बिक्री भएका छन् । शरद भेषावकरसहित ए ग्रेडका ७ खेलाडी पहिलो चरणमा नबिकेका दोस्रो चरणमा बिकेका हुन् ।
फ्रेन्चाइज टोलीले ए ग्रेडमा सुरुवातमा नबिकेका खेलाडी रोज्न पाएका थिए । सुदूरले लक्की ड्रमार्फत विनोदलाई पायो । विनोद भण्डारीलाई किन्न सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा भएको थियो । ७ खेलाडी समान १० लाखमा बिक्री भएका यस प्रकार छन् ।
कमलसिंह ऐरी – चितवन राइनोज
राशिद खान – काठमाडौं गुर्खाज
किशोर महतो – जनकपुर बल्ट
दिलिप नाथ – पोखरा
बसिर अहमद -विराटनगर
विनोद भण्डारी – सुदूरपश्चिम
शरद भेषावकर-चितवन राइनोज