काठमाडौँ :- दसैँ घर वा पूजा कोठामा नवरात्रको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना भइरहेको छ । कुष्माण्डाको विधिपूर्वक पूजाआराधना प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन गर्ने शास्त्रीय विधि छ ।
नवरात्र सुरु भएसँगै काठमाडौँको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।
मैतीदेवी मन्दिरमा नवरात्रको चौथो दिन देवीको पूजा गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ ।