काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा २ र ३ मा बाढी र पहिरोले क्षति पुर्याएको थियो यस प्राकृतिक विपत्तिले हजारौं मानिसहरूको जीवनमा संकट ल्याएको छ । पीडित परिवारहरूको लागि माननिय उर्मिला माझी थ्ऋी केन्द्रीय सदस्य क. वर्षा राना विशेषगरी खाद्यान्न सामाग्री उपलब्ध गर्नुहुने सुमो कन्ट्रक्सन दुगड ग्रुपका प्रविण बोत्रा,रितिका दुगड र पूर्णमान नापितले राहत वितरण गरेको छ ।
राहत सामाग्री वितरण १०० भन्दा बढी पीडित परिवारलाई राहत सामग्री गरिएको थियो । राहत सामाग्री ल्याउनमा नेकपा माओवादी केन्द्र कााभ्रेका सचिव दैवलाल घिसिङ (अन्शीलले) समन्वय गरेको थियो । वितरण सामग्रीमा अति अत्यावश्यक खाद्य वस्तु, कपडा, अन्य अत्यावश्यक सामानहरू समावेश थिए ।
राहत वितरण कार्यक्रममा माननिय माझीले प्राकृतिक विपत्तिमा सँगै खटिनुपर्ने महत्त्वपूर्णता र एकताको कुरा गर्दै, बाढी र पहिरोले प्रभावित परिवारहरूको पुनःस्थापना गर्न सबैको समन्वय आवश्यक रहेको बताएका छन् ।
राहत सामग्री वितरण कार्यक्रमले प्रभावित परिवारहरूलाई सुस्केरा फुक्नको लागि थोरै भए पनि राहत प्रदान गर्यो । कार्यक्रमका क्रममा, पीडित परिवारका सदस्यहरूले राहत सामग्री पाउँदा आँशुका साथ धन्यवाद दिएका थिए। उनीहरूका आँखा भित्रको दुख र निराशालाई बिर्सनका लागि राहत वितरणले थोड़ी धेरै मद्दत गरेको थियो।
राहत सामग्री वितरणमा सुन्तली थिङ (मनिता), सिर्जन थिङ। होम बहादु्र खुलाल, हस्त बहादुर लामा माधव हुमागाई, लनम सिं तामाङले सक्रिय भूमिका निभाएका थिए । उनीहरूले वितरण प्रक्रियामा सुचिता र पारदर्शिता कायम राख्न महत्वपूर्ण योगदान दिएका थिए ।