काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्र खालीखोला गाउँ कमिटि अध्यक्ष अविरल जिम्बा र खानीखोला गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष निशान मोक्तानको पहलमा र VCN NEPAL र रोट्ररी क्ल्व अफ बनेश्वरको सहयोगमा बाढी र पहिरोका कारण पीडित भएकाहरुलाई राहत वितरण गर्न हेलिकोप्टर खानीखोलामा पुगेको छ । जिम्बाले यस अगि पनि विभिन्न ठाउँमा आर्थिक तथा विभिन्न सहयोगहरु गर्दै आईरहेको छ । उहालाइ यस्तो समाजीक कार्य गर्नमा पहिला देखी नै रुचि रहेको र अहिले आफ्नो रुची पुरा गर्दै गएको वताउछन् ।
माननीय सूर्यमान दोङ् ज्यू ले राहत वितरण कार्यक्रमको अगुवाइ गर्नुभएको थियो भने सडक मार्ग अवरुद्ध भएको बेलामा हेलिकप्टर मार्फत खानीखोलामा बाढी पहिरो पीडितहरुको लागि राहत सामाग्री पठाउनको लागि माओवादी केन्द्र युवा नेता एवं जिल्ला सचिव दैवलाल घिसिङ अनुशीलले महत्त्वपूर्ण पहल गर्नुभएको थियो। जिल्लामा हेलिकप्टरबाट बिमारी र बाटोमा रोकेर रहेको यात्राहरुलाई मात्रै उद्धार गर्ने कार्यमा हेलिकप्टर प्रयोग भइरहेको थियो। घिसिङले जिल्ला समन्वय प्रमुख, नेपाली सेनाको कर्णेल, प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई हाल खानीखोलामा राहत लैजान हेलिकप्टर बाहेक अरु विकल्प नभएको भनेर जानकारी गरेपछि जिल्ला विपद व्यवस्थापन समिति हेलिकप्टर मार्फत राहत सामाग्री खानीखोला पठाउन तयार भएको हो। हिजो दिउँसोदेखि नै घिसिङले राहत सामाग्री खानीखोलामा हेलिकप्टर मार्फत पठाउनको आफ्नो नेतृत्वमा खानीखोलाको आफ्नो पार्टी पंक्ति नेताहरु लिएर जिल्लामा पहल गरि रहनुभएको थियो र आज बिहान पनि विपद् व्यवस्थापन समितिको सर्वपक्षीय बैठकमा पार्टीको तर्फबाट सहभागी भएर राहत र उद्धारको कामको पहल लिइरहनु भएको थियो।
प्राकृतिक प्रकोपले बिभिन्न क्षेत्रमा ठूलो तबाही मच्चाएको छ, जसले गर्दा मानिसहरूको जीवनमा कठिनाइ थपिएको छ । यस परिप्रेक्ष्यमा, सरकार र विभिन्न गैरसरकारी संस्थाहरूले पीडितलाई तात्कालिक राहत सामग्री प्रदान गर्न विशेष ध्यान दिएको छ ।
हेलिकोप्टरमार्फत राहत सामग्री वितरण गर्दा, पहुँच कठिनाइ भएका दुर्गम क्षेत्रमा पनि सामान पुर्याउन सजिलो हुने गर्दछ । यस विधिले समयको महत्त्वलाई ध्यानमा राख्दै, तात्कालिन रुपमा राहत आवश्यक पर्ने स्थानहरूमा सिधै सामग्री पुर्याउने अवसर प्रदान गर्छ । राहत सामग्रीमा खाद्यान्न, औषधि, बिछ्याउने र ओड्ने सामग्री, र अन्य आवश्यक सामान समावेश गरि पठाइएको थियो ।
साथै, राहत कार्यमा संलग्न युवा नेता समाजसेवी राजन अधिकारी,सुन्तली थिङ (मनिता), विरेन्द्र लामा, विभिन्न स्वयंसेवक र सुरक्षा बलका सदस्यहरूले जोखिम मोलेर काम गरिरहेका छन् । बाढी र पहिरोले गर्दा सडक र पुलहरू भत्किएका छन्, जसले गर्दा भूमि मार्गबाट राहत पुर्याउन असम्भव बनेको छ । यस अवस्थामा, हवाई सहायता अत्यन्तै आवश्यक छ ।
हेलिकोप्टरद्वारा राहत वितरणले स्थानीय बासिन्दाहरूलाई आशा र साहारा प्रदान गरेको छ । उनीहरूलाई लाग्छ कि सरकार र समाजले आफ्नो पीडामा ध्यान दिएको छ । यसका साथै, राहत वितरणमा सहभागी हुने विभिन्न संस्थाहरूको प्रयासले समुदायको पुनर्निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।
तर, प्राकृतिक विपत्तिहरूको प्रभावलाई निरन्तर सामना गर्नका लागि दीर्घकालीन योजना र व्यवस्थापनको आवश्यकता पर्छ । पुनर्निर्माण र पुनःस्थापनामा सहयोग गर्नका लागि स्थानीय सरकार र अन्तर्राष्ट्रिय सहयोग आवश्यक हुनेछ । यस प्रकारका घटनाहरूले समुदायमा एकता र सहकार्यको भावना पनि बढाउँछन्, जसले भविष्यमा यस्ता विपत्तिहरूको सामना गर्नका लागि तयारी गर्न मद्दत गर्दछ ।