काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन शैक्षिक संस्था बन्द गर्न आग्रह गरेको छ । मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै स्थानीय तहलाई सबै शैक्षिक संस्था बन्द गर्न अनुरोध गरेको हो ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षबाट देशको विभिन्न स्थानमा रहेका विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जनाउँदै मन्त्रालयले शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको हो ।
काठमाडौँ लगायत देशको विभिन्न स्थानमा विद्यालयमा बाढी पसेको थियो । आज बसेको बैठकले हाललाई विश्वविद्यालय परिषद् लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगन गर्न अनुरोध गरेको थियो ।