काभ्रे : संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँयो । खानिखोला सरकारद्वारा तालढुङ्गामा आयोजना भएको संविधान दिवस मूल समारोहमा खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) को प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट वि ः स २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।
नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता लगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।
सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको छ ।
विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम–जनसमुदायलाई आह्वान गरेका छन् । सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ ।
कार्यक्रममा उपाध्यक्ष दोर्जेमान जिम्बा, निमित प्रमुख प्रशासकीय अधिकृत रामपुकार यादव , प्रशासन शाखा प्रमुख रामकृष्ण अर्याल , इन्जिनियर जीवन राज अर्याल , महिला नेत्री मिना पाख्रीन, युवा नेता अविरल जिम्बा,वडा नः ५ अध्यक्ष बुद्धि बहादुर स्याङ्तान,४ नम्बर अध्यक्ष निशान मोक्तान , ३ नम्बर अध्यक्ष सागर लामा १ नम्बर अध्यक्ष सन्चमान थिङ, सहकारी अभियानता युवा नेता राजन अधिकारी , कार्यक्रम सन्चालिका श्रीजना थिङ, लगाए विभिन्न शाखाका प्रमुखहरु कर्मचारीहरु विभिन्न पार्टी प्रतिनिधिहरु युवाहरु, महिला , आमा बुवाहरु खानिखोला गाउँपालिकाको आयोजना भव्य रूपमा खानिखोलाको केन्द्र तालढुङ्गामा सम्पन्न भएको छ ।