गाेदावरी । गाेदावरी नगरपालिका वडा नम्बर ३ मा राधिका फाउन्डेसनका साथै आश्रम बन्ने भएको छ । पाथीभरा महिला समुहकाे आयाेजना तथा राज घिमिरेका् संयाेजकत्वमा शिव बस्तीमा विशाल महादेवकाे मुर्ति र शिवजी धाम निर्माणार्थ आयाेजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा कथा बाचन गरिरहनुभएकी फाउन्डेसनकी अध्यक्ष राधिका दासीले गेादवरीमा फाउन्डेसनका साथै आश्रम निर्माण गर्ने चासाे व्यक्त गर्नु भएको हाे ।
भागवत मञ्जरी एवं प्रसिद्ध कथा वाचिका राधिका दासी मातालाई गाेदावरी अत्यन्तै सुन्दर ठाउँ लागेकाले आगामी दिनमा वडा ३ भित्रै नगरपालिका र नेपाल सरकारकाे नियमअनुसार नै फाउन्डेसनका लागि आवश्यक जग्गा उपलब्ध गराउने महायज्ञ मुल आयाेजक समाराेहका संयाजक एवं वडा अध्यक्ष राज घिमिरेले बताउनुभयाे ।
हाल माता राधिका दासीकाे पहलमा फाउण्डेसन मार्फत दीन दुखि सडक बालबालिकाका साथै महिलाहरुको उद्दार, उपचार तथा शिक्षा प्रदान गर्ने कार्य भईरहेकाले वहाँकाे फाउन्डेसन हाम्रो पवित्र भुमिमा बनाउन पाउनु एकदमै खुशीकाे कुरा भएको वडा अध्यक्ष घिमिरे बताउनुहुन्छ ।
साथै, देशभर विभिन्न भौगोलिक स्थितिमा रहेर उचित शिक्षा हासिल गर्न नपाएका पिडित बालबालिकाहरुलाई राधिका फाउण्डेसनको मध्यमबाट शिक्षा प्रधान गर्दै आएकाे छ ।
शिव धाम बनाउने उद्देश्यले शिव बस्तीमा आयोजित महायज्ञकाे छैटौ दिन आईतबार नगद १२ लाख भन्दा माथि र जिन्सी ७ लाख ७५ हजार भन्दा माथी दान गर्नु भएको संयाेजक राज घिमिरे जानकारी दिनुभयाे । चाडै नै शिव धामको सिलान्यास गर्ने वहाँकाे प्रतिबद्धता छ ।
यसैगरी, गोदावरीमा धार्मिक पर्यटनको विकासका साथै धर्म रक्षाको लागि आगामी १२ बर्से सिंहअस्त मेलामा ६० लाख भक्तजन माझ बृहत् कोटीहोम आयाेजना गर्ने वडा अध्यक्ष घिमिरेले बताउनुभयो ।