काभ्रे : शी लिड्स आइकनका लागि काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिकाकी उपाध्यक्ष तारा तिमल्सिना छनोट भएको छ ।
गाउँपालिकाभित्रका विद्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्थाहरु, अन्य कार्यालयहरु लगायत बेथानचोकलाई माया गर्नुहुने देश तथा विदेशमा रहनुभएका शुभेच्छुक महानुभावहरु (सबै) ।
प्रस्तुत सम्बन्धमा देशभरका ७५३ स्थानीय तहका उपप्रमुख ÷ उपाध्यक्षहरुमध्येबाट यस बेथानचोक गाउँपालिकाका उपाध्यक्ष श्री तारा राना तिमल्सिना She Leads Icon मा देशैभरबाट २७ जनाभित्र पर्न सफल
को हुँदा गाउँपालिका परिवार गौरव महसुस गर्दछ । उहाँलाई पहिलो नम्बरमा पुर्याउनका लागि अब Publick Votting का आधारमा मात्र Ranking हुने भएकाले देशभित्र र विदेशमा रहनुभएका शुभेच्छुक सबैले आ–आफ्नो मोबाईलबाट धेरैभन्दा धेरै SMS पठाएर बेथानचोकको नामलाई उच्च राख्न सहयोग पुर्याइदिनुहुन विनम्रतापूर्वक अनुरोध गर्दछौं ।
भोटिङ गर्ने तरिकाः
⇒ मोबाईलको मेसेज Box मा गएर sli (space) 15 type गरी 31003 SMS गर्नुहुन ।
⇒ e Sewa एपमा गएर Votting भित्र भएको She Leads Icon भित्र गई भोट गर्न सकिनेछ ।
⇒ भोटिङ गर्ने समयः २०८९ असोज १५ गते मंगलबार राति १२.०० बजेभित्र ।
प्रतिस्पर्धाको लागि खुल्ला रूपमा महिला जनप्रतिनिधिलाई सहभागिताका लागि आव्हान गरिएको थियो । जसमा काभ्रेबाट तारा राना तिमल्सिना छनोटमा परेको छ ।
त्यसमा पनि सामाजिक व्यवस्थालाई नेतृत्व गर्ने राजनैतिक जस्तो बिहंगम् क्षेत्रमा आइपुगेका र राजनैतिक जिम्मेवारीमा रही आफैले नेतृत्वदायी भुमिका निर्वाह गरी रहेका नेपाली महिलाहरुको जिवनगाथा भन्दा प्रेरणादायी कृती संसारमा अर्को हुन सक्दैन होला ? आजको विश्व समाजमा, नेपाली महिलाहरुले भोग्दै आएका तमाम विभेदहरु , दमनहरु , अपहेलनाहरु र अमानवियता समेतलाई सामना गर्दै खास गरी राजनैतिक क्षेत्रमा नेतृत्वदायी भुमिकामा पुग्न नेपाली महिलाहरुले उठाउएको जिम्मेवारीको पर्वत अनि प्रर्दशन गरेका वीरता र सहासको अदम्यता विश्वभरका महिलाहरुको निम्ति प्रेरणा र उर्जाको विपुल संग्रह बन्न सक्ने जगजाहेर नै छ ।” यसप्रकारका उदेश्यको पूर्ती पहलका लागि यस कार्यक्रम आयोजना गरिएको छ ।