काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको पहिलो सम्मेल सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनबाट २१ सदस्ययिया कमिटि गठन भएको छ भने अध्यक्षमा जिबन घिसिङ सर्वसम्मत चयन गरिएकोे छ त्यसै गरि उपाध्यक्षमा लालमान घिसिङ,महिला उपाध्यक्ष छरिमाया मोक्तान,सचिवमा निर्माल मोक्तान, सहसचिवमा विजय गोले,कोषध्यक्षमा देवराज वाईवा चयन भएको छ । त्यसै गरि सदस्यहरुमा सुमित जिम्बा, राम माया मोक्तान,तारा स्याङतान, मान बहादुर लोप्चन, रविन घलान मसली माया गोले, सरिता लो स्याङतान,पुर्ण बहादुर तितुङ, दिल बहादुर मोक्तान, जीत बहादुर भोलन्,मोहोन जिम्बा, दिनेश रुम्बा, अबी थिङ, अञ्जना वाईवा, भीममाया वाईवा,ज्ञान बहादुर भोलन् चयन गरिएको छ ।
सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य,तामाङ मुक्ति मोर्चा नेपालको केन्द्रिय सल्लाहकार एवं संघिय संसद मनानिय सुर्यमान दाङ –लालध्वज) ले तामाङ समुदायको सामाजिक, सांस्कृतिक, र राजनीतिक पहिचानलाई मजबुत बनाउनका लागि एक महत्वपूर्ण कदमको रूपमा हेरिएको समेत वताएको छ ।
सम्मेलनको आयोजनामा विभिन्न नेताहरू, समाजसेवी, र तामाङ समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सम्मेलनको मुख्य उद्देश्य तामाङ समुदायका समस्याहरूलाई समाधान गर्नु र तामाङ राष्ट्रियता र पहिचानलाई प्रोत्साहित गर्नु थियो ।
उद्घाटन समारोहमा प्रमुख अतिथि र सभापतिहरूले तामाङ समुदायको ऐतिहासिक पृष्ठभूमि र वर्तमान स्थिति बारे विचार व्यक्त गरेका थिए । उनीहरूले तामाङ समुदायको पहिचान र अधिकारको रक्षा गर्नका लागि संयुक्त प्रयासको आवश्यकता रहेको औंल्याए ।
सम्मेलनको अन्त्यमा, सहभागीहरूको सक्रियता र सहयोगको कदर गर्दै, तामाङ राष्ट्रिय मुक्ति मोर्चाले सबैलाई एकजुट भएर काम गर्न र तामाङ समुदायको हक र अधिकारको रक्षा गर्न अध्यक्ष थिङले आग्रह गरेको छ ।
तामाङ राष्ट्रिय मुक्ति मोर्चाको खानीखोलाको प्रथम सम्मेलनले तामाङ समुदायको लागि एक नयाँ युगको शुरुवात गरेको छ अध्यक्ष थिङले बताए । यस सम्मेलनले तामाङ समुदायको समस्याहरूलाई उजागर गर्दै तिनीहरूको समाधानका लागि ठोस योजना र रणनीतिहरू प्रस्तुत गरिने समेत बताएको छ । यस सम्मेलनबाट तामाङ समुदायको एकता, समृद्धि र सम्मानको लागि एक महत्वपूर्ण कदम साबित हुने समेत गाउँपालिका थिङले जानकारी दिइको छ ।