ललितपुर । गाेदावरी नगरपालिका -३ शिव बस्तीमा मंगलबारबाट शुरु भएको श्रीमद भागवत ज्ञान महायज्ञ जारी छ । पाथिभरा महिला समूहको आयोजनामा गाेदावरी नगरपालिका वडा ३ स्थित शिव बस्तीमा भदौ २५ देखि सुरु गरिएको महायज्ञ भदौ ३१ गते साेमबार सम्म चल्नेछ ।
प्रसिद्ध कथावाचिका भागवत मञ्जरी राधिका दासीबाट कथावाचन भइरहेको छ । उक्त महायज्ञमा कथा वाचन भजन कृतन लगायत विभिन्न धार्मिक कार्यक्रमहरु सञ्चालन भईरहेकाे पाथीभरा महिला समुहकी अध्यक्ष भगवती कार्की बुढाथोकीले जानकारी दिईन् । उनका अनुसार दैनिक रूपमा बिहान ७ बजेदेखि १० बजेसम्म पूजा तथा पाठपरायण, बिहान ११ बजेदेखि ३ बजेसम्म कथा वाचन र साँझ ७ बजेदेखि ९ बजेसम्म माहात्मे तथा सामाजिक झाँकीकाे कार्यक्रम रहेकाे छ ।
महायज्ञकाे तेस्रो दिन बिहिवार उपस्थित हुनुभई नगर प्रमुख गजेन्द्र महर्जनले नेपाल देविदेवताकाे जन्मस्थल भएको देश भएको बताउदै गाेदावरी नगरपालिका धार्मिक, साँस्कृतिक एवं पर्यटकिय स्थलले भरिपूर्ण नगर भएको उल्लेख गरे । उनले भने-`गाेदवरीका कुनै पनि वडा पवित्र मठ मन्दिर नभएको वडा छैन। मुक्तिनाथ धाम, पिचाशेश्वर महादेव, विन्दाबासिनि मन्दिर, राम मन्दिर लगायत अन्य विभिन्न मठ मन्दिरहरू निर्माण भईरमखेका झन् ।´ यसकाे जगेर्ना , संरक्षण तथा सम्बर्द्धन नगरपालिकाले गरिरहेकाे नगर प्रमुख महर्जन बताउँछन् ।
महिला समुहकाे आयाेजना र वडा अध्यक्ष राज घिमिरेकाे संयाेजकत्वमा जारी महायज्ञले यस क्षेत्रलाई पवित्र धार्मिक क्षेत्रका रूपमा चिनाउन सहयोग पुग्ने उनकाे विश्वास छ । नगर प्रमुख महर्जनले महायज्ञमा केही रकम दान गर्दै शिवजी धाम निर्माणका लागि नगरले बजेट छुट्याएर शिव बस्तीलाई धार्मिक स्थल बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
शिव बस्तीलाई धार्मिक क्षेत्रका रूपमा विकास गर्ने र विशाल शिवजी धाम निर्माण गर्ने उदेश्यले महायज्ञ संचालन गरिएको मूल समारोह समितिका संयोजक राज घिमिरेले बताए । महायज्ञबाट संकलन भएको भेटी तथा दानबाट २० फिट अग्लाे शिवमुर्तिसहित शिवजी धाम निर्माण गर्ने लक्ष्य राखिएको उनी बताउँछन् । यस्तै , वडा अध्यक्ष एवं संयाेजक घिमिरेले महायज्ञमा रु १ लाख ११ हजार १ सय १ दान गरेका थिए । साथै उनले शिवजी धाम निर्माणका लागि वडाले पनि सकेकाे सहयाेग गर्ने उद्घाेष गरे । सबै भक्तजनलाई शान्तिपूर्वक कथा श्रवण गर्न आउन अध्यक्ष घिमिरेले अनुरोध समेत गरेका छन् ।
यसैगरी , संघ तथा प्रदेश सरकारबाट पनि शिवजीधाम निर्माणका लागि सहयाेग गर्ने प्रतिबद्धता जनाएको वडा अध्यक्ष घिमिरे बताउँछन् ।