काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनको नयाँ मिति तोकिएको छ । सदस्य शुद्धीकरण विवादका कारण यसअघि अन्तिम समयमा अनिश्चितकालका लागि स्थगित गरिएको महासंघको निर्वाचन असोज ५ गतेलाई निर्धारण गरिएको हो ।
त्यो दिन केन्द्र, प्रदेश र जिल्ला सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको अध्यक्ष विपुल पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।यसअघि असार २२ गते निर्वाचन मिति तय भएको थियो ।