काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा नेकपा(माओवादी केन्द्र) का भातृसंगठन अखिल (क्रान्तिकारी) पनौती नगरपालिका समितिको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनबाट अनेरास्ववियू (क्रान्तिकारी) पनौती नगरपालिका कमिटीको अध्यक्षमा विपिन चाम्लिङ राई निर्वाचित भएको छ ।
शनिवार सम्पन्न दोस्रो सम्मेलनले राईकाो अध्यक्षतामा ३९ सदस्यीय अनेरास्ववियू (क्रान्तिकारी) नगरपालिका कमिटी गठन गरेको ।
कमिटीको उपाध्यक्षमा राज भु्जेल उपाध्यक्ष, निरोज उपाध्यक्ष रोशनी थोकर, उपाध्यक्ष सर्वोतम आचार्य,उपाध्यक्ष चरिना स्याङतान सचिवमा रोशन वाईवा र, सहसचिवमा सन्जिव लोप्चान, विक्रम थिङ, मन्जिव तामाङ, र कोषाध्यक्षमा अशोक तामाङ रहेका छन । सदस्यहरुमा क्रमशः एलिना तामाङ, मुस्कान श्रेष्ठ,अनिल तामाङ, आकाश घलान, रिजन थापा, आस्मा तामाङ, सुनिता तामाङ, जगत तामाङ, निशान वस्नेतसविन तामाङ, अजय थिङ, अजय तितुङ, सविन दोङ, किरण तामाङ, राहुल तामाङ, अस्थिर लामा,सविन घिमिरे,निवेश तामाङ, सरोज घलन्, सविन तामाङ, सुर्यमान घलन्,मन्दिव दउेजा,सम्झान घले, मनिता थामि, निर्माला तामाङ,सगर तामाङ निशान तामाङ रहेका छन ।
नेकपा (माओवादी केन्द्र)बागमती प्रदेश समिति सचिवालय सदस्य एवं काभ्रे जिल्ला सचिव दैवलाल घिसिङ (अनुशील) को प्रमुख आतिथ्तमा दुईवटा मैनबत्ती प्रज्ज्वलन गरेर दोस्रो सम्मेलन उद्घाटन गर्नु भएको हो ।
सम्मेलालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि घिसिङले अखिल(क्रान्तिकारी) नेपाली विद्यार्थी आन्दोलनको प्रमुख संवाहक शक्ति रहेको बताउनु भयो। महंगी,भ्रष्टाचार, शैक्षिक क्षेत्रमा रहेको असमानता, विकृति, संगति विरुद्ध र राष्ट्रियता,जनजीविका, विद्यार्थीहरुको हकहितमा अखिल(क्रान्तिकारी) इतिहासदेखि वर्तमानसम्म संघर्ष गर्दै आइरहेको पनि बताउनु भयो ।
कार्यक्रममा नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश समिति सदस्य सुन्तली थिङ(मनिता) नगर समिति हस्त बहादुर तामाङ, उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठ अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला इञ्चार्ज निर्मला गौतम, जिल्ला उपाध्यक्ष विवेक लामा, जिल्ला सचिवालय सदस्य युवराज लामाले शुभकामना मन्तव्य राख्नु भएका थिए ।
कार्यक्रमको सञ्चालन अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्य विकास लामाले गरेका थिए कार्यक्रममा स्वागत मन्तव्य चरिना तामाङले गरेका थिए कार्यक्रम बुद्ध लामाको सभापतित्व पनौती नगर पालिका वडा न. ७ स्थित श्री इन्द्रेश्वर मा.वि मा सम्पन्न गरिएको थियो ।