काभ्रे : काभ्रे पलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकामा नेकपा(माओवादी केन्द्र) का भातृसंगठन अखिल (क्रान्तिकारी) भुम्लु गाउँ पालिका समितिको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनबाट अनेरास्ववियू (क्रान्तिकारी) भुम्लु गाउँपालिका कमिटीको अध्यक्षमा सविन थापा निर्वाचित भएको छ ।
सोमवार सम्पन्न दोस्रो सम्मेलनले थापाको अध्यक्षतामा २६ सदस्यीय अनेरास्ववियू (क्रान्तिकारी) पालिका कमिटी गठन गरेको ।
कमिटीको उपाध्यक्षमा रमिला थापा उपाध्यक्ष, सुमन महत, उपाध्यक्ष आयुष्मा श्रेष्ठ, सचिवमा करुण राज गिरि, सहसचिवमा निकेश पहरी, सुजन तामाङ, सुशील पहरी र कोषाध्यक्षमा सन्तोषी कुबर रहेका छन । सदस्यहरुमा क्रमशः मनिष राज गिरि, कुमार ढलाकोटी, सुरज खडका ,प्रकृति महत, सदिक खडका, नवराज खडका, सुनमाया तामाङ, सृष्टि उप्रेती, लिजा तामाङ, सबिन पहरी, पुष्पा भुजेल, अरिमा पहरी, प्रशान्त गिरि,सरोज भन्डारी,करिष्मा दर्जी र सीता भुजेल रहेका छन ।
नेकपा(माओवादी केन्द्र)बागमती प्रदेश समिति सचिवालय सदस्य एवं काभ्रे जिल्ला सचिव दैवलाल घिसिङ (अनुशील) को प्रमुख आतिथ्तमा दोस्रो सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनमा नेकपा (माओवादी केन्द्र) भुम्लु गाउँ पालिकाको इञ्चार्ज जनक भण्डारी, जिल्ला सदस्य सन्त लामा, अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्य विकास लामा, सुवर्ण लामा उपस्थित रहेको थियो ।
कार्यक्रमको सञ्चालन सविन थापाले गरेका थिए कार्यक्रममा स्वागत मन्तव्य सागार गौतमले गरेका थिए कार्यक्रम विष्णु महतको सभापतित्व सम्पन्न गरिएको थियो ।
कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश समितिको सदस्य एवं भुम्लु गाउँ पालिका अध्यक्ष प्रेम बहादुर भुजेलले कार्यक्रममा सम्बोधन गर्दै गाउँ पालिकाले विकासको भौतिक पूर्वाधारहरुको विकास गर्दै शैक्षिक क्षेत्रको सुधारको गाउँ पालिकाले जोड दिए । संगठनको केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला अध्यक्ष विजय लामा र काभ्रे जिल्ला समन्वय समिति सदस्य कमलराज गिरी र वडा अध्यक्ष लेखनाथ श्रेष्ठले पनि शुभकामना मन्तव्य राखेका थिए ।