काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका वडा ३ र ४ मा एक घर एक धारा कार्यक्रम अन्तर्गत १७८ घरमा धारा निर्माण सम्पन्न भई खानेपानीको उद्घाटन गाउँपालिका प्रमुख ईन्द्र बहादु्र थिङ (छिन्ताङ)द्वारा गरिएको छ ।
.
खानीखोला गाउँपालिका र नेवा खानेपानीको आर्थिक सहयोग र जनश्रमदानमा एक घर एक धारा अभियान सम्पन्न भएको हो । गाउँपालिकाको डाँडागाउँ र भाङटारका १७८ घर परिवारलाई एक घर एक धारा निर्माण कार्य सम्पन्न भएको छ । डाँडागाउँ खानेपानी उपभोक्ता समिति र नेवा खानेपानी उपभोक्ता समितिको आयोजनामा खानीखोला गाउँपालिका वडा नं. ३ र ४ स्थित डाँडागाउँ र भाङटारमा एक घर एक धारा सम्पन्न भएको उपलक्षम आइतबार एक कार्यक्रमका साथ उद्घाटन गरिएको हो । गाउँपालिका अध्यक्ष थिङले रिवन काटेर त्यस्तै गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष निशान मोक्तान,बुद्धि बहादुर स्याङतान र सागर जिम्बाले धारामा पानी पिएर उद्घाटन गरेका थिए ।
धारा उद्घाटन कार्यक्रमको अध्यक्षता उपभोक्ता समितिका अध्यक्ष कान्छो जिम्बाको अध्यक्षतामा सम्पन्न भएको हो । खानीखोला गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर थिङ (छिन्ताङ) को प्रमुख अतिथी रहेको सो कार्यक्रमको अतिथीहरुमा वडा नं. ४ का वडा अध्यक्ष निशान मोक्तान वडा नंं ५ का वडा अध्यक्ष बुद्धि बहादुर स्याङतान र वडा नं. ३ का वडा अध्यक्ष सागर जिम्बा नेकापा माओवादी केन्द्र जिल्ला सचिव दैवलाल घिसिङ (अनुशील) एबम् समाजसेवी राजन अधिकारी रहनु भएको थियो । कार्यक्रममा जिल्लाका बिभिन्न संचार माद्याममा कार्यरत कर्मचारीहरुको पनि उपस्थिति रहको थियो कार्यक्रम वडा नं.४ को डाँडागाउँ स्वास्थ्य चौकीमा भएको थियो ।
धारा उद्घाटन कार्यक्रममा बोल्ने अधिकाँश बक्ताहरुले कुनै पनि संरचना निर्माण गर्नु मात्र ठुलो कुरा नभएर त्यसको दिगो टिकाउका लागि संरक्षण गर्नु पर्ने कुरामा जोड दिएका थिए ।