काठमाडौं । नागरिक आवाजको पाँचौ वार्षिकोत्सव एवं तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । शनिबार बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मिलनचोकस्थित बाल उद्दार माध्यमिक विद्यालयमा संस्थाको वार्षिकोत्सव तथा तिज कार्यक्रम मनाईएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले नागरिक आवाजले गरेको सम्पूर्ण कार्यक्रमहरू राम्रो भएको बताँउदै संस्थाको प्रसशा गरे । विभिन्न बाधा अड्चनमा समेत संस्थाले प्रशंसनिय कार्य गरेको उनी बताउँछन् । उनले भने – कुरा गर्न जति सजिलो छ, काम गर्न त्यति सजिलो छैन, काम गर्न निकै नै गार्हो छ ।
संस्थामा आईपरेका विभिन्न महिला दिदिबहिनीहरूको समस्या आफुले सकेको आफुले गर्न् र नसकेमा वडा र नगरलाई सम्झने गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै खाले सहकार्य गर्न आवश्यक रहेको बताए । साथै मौलिक चाड तिजको शुभकामना व्यक्त गर्दै जिवनमा कमाएर र पिर चिन्ता गरेर मात्रै नहुने भएकोले कहिलेकाहीँ रमाइलो पनि गर्नुपर्ने नगर प्रमुख अधिकारीले बताए ।
यस्तै, वडा नम्बर १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले नागरिक आवाजले निरन्तर रूपमा समाजको हितका लागि काम गरेको बताए । सामाजिक संस्था दर्ता गर्न सजिलो भए पनि कार्यान्वयन ल्याई निरन्तरता दिन गार्हो भए पनि नागरिक आवाजको टिम साच्चिकै समाज परिवर्तन गर्न लागिपरेकाले उनले बताए । यस्ता खाले कार्यक्रमहरू गर्न आगामी दिनमा आफुले पनि सहयोग गर्न वडाध्यक्ष भट्टराईले प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी, वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईले नागरिक आवाजले सामाजिक रूपमा धेरै कार्यक्रम गर्दै समाजलाई जन चेतना फैलाउने कार्य गरेको बताए । संस्था गतिशिल भएकाले आगामी दिनमा नगर र वडाको सहयोग रहने उनले प्रतिबद्धता जनाए । साथै, उनले तिज पर्वको सबै आमा दिदिबहिनी हरूमा शुभकामना व्यक्त गर्दै भड्किलो तिज नभई हामीले सस्कृति बचाएर गक्ष अनुसार महिमा घट्न नदिई तिज बनाउनुपर्ने बताए ।
हास्य कलाकार सिपि पुडासैनी (धतुरे बा) ले संस्थाकी अध्यक्ष रिता राना मगरप्रति मनै देखि हार्दिक आभार व्यक्त गर्दै संस्थाले गरेको कार्यको प्रशंसा गरेल। आगामी दिनमा महिलाहरूका लागि नेतृत्व विकास र भाषण कला तालिम आवश्यक रहेको बताउँदै उनले नगर प्रमुखसँग अनुरोध गर्न आग्रह गर्दै आफुले सकेको सहयोग गर्ने बताए ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट संस्थालाई सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरेको थियो भने सदस्यता लिएका दर्जनौं लाई प्रमाणपत्र वितरण गरेको थियो । यसैगरी,जेष्ठ नागरिक आमा बुबाहरूलाई दोसल्ला ओडाएर सम्मान गर्नुका साथै अतिथिहरूलाइ मायाको चिनो समेत प्रदान गरिएको थियो ।
संस्थाकि अध्यक्ष रिता राना मगरले नगर प्रमुख अधिकारी र अध्यक्षद्वय भट्टराईलाई विशेष धन्यवाद व्यक्त गर्दै संस्था स्थापना कालदेखि पाँचौं वर्षसम्म ल्याउन सहयोग गर्नुहुने सम्पूर्णमा आभार प्रकट गरिन् । साथै, कार्यक्रम सफल बनाउनका लागि उपस्थिति सम्पूर्णमा धन्यवाद व्यक्त गरिन् ।
सञ्चारकर्मी सबु बस्नेतले सञ्चालन गरेकी उक्त कार्यक्रममा वरिष्ठ समाजसेवी राजु कार्की, मायाको संसारकी अध्यक्ष सुनिता लामा, प्रमुख सल्लाहकार राकिन्द्र कुमार थिङ, समाजसेवी एवं पत्रकार मायालु लामा, शिला खड्की, स्मिथ खड्की, संस्थाका सल्लाहकार, पदाधिकारी, सदस्यहरू लगायत स्थानीय महिला दिदिबहिनीहरूको उपस्थिति रहेको थियो ।