नेपालको संघीय संरचना अन्तरगत ३ नं प्रदेश स्थित नेपालकै पहाडी क्षेत्रको रुपमा परिचित साविक साविक काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र कर्णाली भनेर चिनिने ठाउँ तालढुङ्गा गाविस वडा नम्बर १ साल्मेचाकल हाल खानीखोला गाउँपालिका वडा नम्बर ५ मा काभ्रेपलान्चोक जिल्ला को श्रीकृष्ण प्रणामी धर्मको उर्वर भूमिको रुपमा परिचित जुन ठाउका सुन्दर साथहरु चही आज देशका विभिन्न ठाउमा रहि रौतहट ,बारा, पर्सा, मकवानपुर लगायत काभ्रेका विभिन्न ठाउँ मा आफ्नो यात्रा अगाडि बढाएका छन । उक्त लाप्चे भन्ने ठाउँमा पिता वीरदत्त लामिछाने र माता विष्णु माई लामिछानेको कोखबाट विक्रम सम्वत २०४२ साल असार २४ गतेका दिन मेरो जन्म भएका रमेश लामिछानेले आफ्नो धर्मको यात्रा सँगसँगै आफ्नो पेशालाई पनि निरन्तरता दिँदै आएका छन्। श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्यसमिति काभ्रेका सचिव पदमा रही एक कार्यकाल बिताइसकेका र श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल जिल्ला कार्य समिति काभ्रेको सचिव पदमा दुई कार्यकाल अहिले पनि धर्मको यात्रालाई निरन्तर अगाडि राखेर सामाजिक क्षेत्र साथसाथै जीवनमा भैपरि आउने विभिन्न समस्याको समाधान गर्नका लागि बीमा जीवन बीमा आबद्ध हुँदै आएका छन्। प्रस्तुत छ इन्द्रेणीमाला डटकमका लागि सन्तोष बजगाईंले भर्खरका युवा सामाजिक धार्मिक व्यक्तित्व श्री रमेश लामिछानेसँग गरेका कुराकानी
१.तपाई अहिले के मा ब्यस्त हुनुहुन्छ ?
म अहिले आफ्नै ब्यवसाय तथा धार्मिक समाजको कार्यमा ब्यस्त छु।मैले २०७५ साल जेठमा श्रीकृष्ण प्रणामी धर्म मै पहिलो श्रीकृष्ण प्रणामी पोलेटीनिक कम्पनी रजिस्ट्रार मा दर्ता गरि बिपन्न बर्गका गरिब अपाङ्ग अशक्त असायहरुको एकदमै न्यून अर्थात थौरै पैसा लिएर बिशेश हेरचाह उपचार गर्नी उदेश्य ले सेवामा तल्लीन हुँदै आएको छु। म उक्त सस्था को सिनियर व्यवस्थापक को रुपमा रहदै आएको छु। नेपालीको बिमा उद्योग को सर्वश्रेष्ठ कम्पनी एल.आई.सि नेपाल लि बनेपा शाखामा लामो समयदेखि सिनियर एजेन्सी मेनेजर को रुपमा सेवारत छु।
२.तपाईले किन जीवन बीमा रोज्नु भयो ?
मेरो बाल्यकाल एकदमै कहालीलाग्दो परिस्थिति बाट गुज्रिएको थियो बि.स २०५८ साल श्री शुभलाल मा.बि सन्तपुर रौतहट बाट एस.एल.सि पास गरेपछि मेरो जेठो दाजु भारत लामिछाने मलाई सि एम ए पढनु पर्छ भनेर सल्लाह दिनु भयो त्यसै अनरुपमा पढन भनेर हेटौंडा तर्फ लागे २०६१ साल तिर करिब दुई वर्षको अध्ययनपश्चात मकवानपुर टेक्निकल प्रथम श्रेणीमा सी.एम.ए पास भएर गाउँमा आएर बस्न थाले।राज्यमा असारको झरीले जताततै बाटोहरू बिग्रिएको थियो।एकजना साथीले काठमाडौँ जाउँ भनेर भन्नुभयो म पनि ल भनेर उहाँसँग काठमाडौँ लागे त्यो दिन पनौतीमा आइपुग्यौ भगवानको कृपाले शिवप्रसाद तिमल्सिना बुबाको घरमा बास मिल्यो। भोलिपल्ट कमल प्रसाद काफ्लेको होटलमा जाँदा गीता दिदीले पनौतीमा नमुना अस्पताल खुलेको छ भाइ गएर बुझ कर्मचारी माग छ। भन्नुभयो गएर बुझ्दा हो रहेछ १० १५ जनाले दरखास्त दिएका रहेछन् मैले पनि दरखास्त दिएको थिए म पनि छनोटमा परेछु। पछि लामो समय करिब चार वर्षमा अहेवको पदमा सेवा गरे त्यसपछि सामान्य चिकित्सक हेल्थ अन्सिमेन्ट एच.ए पढ्न काठमाडौँ बौद्ध गएर सामान्य चिकित्सकको तेस्रो वर्षको अध्ययनको क्रममा नेपालको अर्सि अस्पताल छाउनीमा नेत्रबहादुर राउतसँग भेट भयो। र मेरो दुई लाखको जीवन बीमा गराउनु भयो त्यसपछि मलाई तीन दिनको १० देखि ५ बजेसम्मको लगातार तालिममा राखेर लाईसेन्स लिन लगाउनु भयो।त्यतिबेलाको समय परिस्थिति अलि बुझ्न कठिन थियो। मैले तालिम लिएर लिएर आइपुग्दा अनुभवी सिनियर साथीहरूसँग सल्लाह लिन धेरैसङ बुझे म त जीवन जीवनमा गाउँबाट धेरै सङ्घर्ष गरेर आएको मान्छे अभाव र दबाबको प्रभावले केही गर्नुपर्छ भन्ने लागेर मैले दुःख गरेर पढेको मेडिकल साइन्सलाई भन्दा बढी समय जीवन बीमा कम्पनी एन.आइ।सी लाई दिन थाले।त्यसैले नेपालको कानुन अनुरूप आफूलाई खुसी पारेर अरु खुसी हुन्छन् हुनसक्ने जोखिम लिन बिमा लगानी गर्न सकिने त्यो पनि अन्तर्राष्ट्रिय स्तरको भएकाले मैले यही कम्पनी र पेशालाई रोजेको हु।
३ तपाई जीवन बीमा मा कहिले देखि आबद्ध हुनु भयो त ?
म सन् २०११ देखि लाइफ इन्सुरेन्स कन्फरेन्स एल।आइ।सि निरन्तर बनेपा शाखामा सिनियर एम एजेन्सी म्यानेजरको रुपमा कार्यरत छु। हालसम्म मैले करिब १५०० जानाको रु १५ लाखदेखि १० करोडसम्मको जीवन बीमा गरिसकेको छु।
४ हाम्रो जीवनमा जीवन बीमा को महत्त्व कति को रहेको छ त ?
हेर्नुहोस् जीवनमा बीमाको महत्व एकदमै छ मानव जीवनमा विपत्ति र जोखिम अनेकौं सम्भावना छ। आपत हुन आपत छन् त्यस्ता जोखिमबाट हुन सक्ने विपद नोक्सानीको लागि विपदले आउने जीवनको सम्पत्ति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बिमाकलाई हस्तान्तरण गर्न प्राप्ति नै बिमा हो।यसको महत्व बचतमा प्रोत्साहन गर्ने आर्थिक आपूर्ति प्रदान गर्ने जीवनको जोखिम र आवरण गर्ने डेराको आर्थिक वृद्धि हुन सक्ने दीर्घकालीन भविष्यको सुरक्षा तथा आयकर मा विशेष छुट आदिले गर्दा जीवन बीमाको महत्व एकदम छ।
४ जीवन बीमा गर्दा के के मा फाईदा हुन्छ ?
हेर्नुहोस् मलाई के लाग्छ भने चिनी ९कगनबच० पदार्थ नै गुलियो पदार्थ हो। चिनी खानुहोस् गुलियो हुन्छ भन्नु पर्दैन त्यसैगरी जीवन बीमा भनेको अनेकौं फाइदाको लागि गरिने कार्य हो। सर्वप्रथम बीमाले भैपरि आउने जोखिम न्यूनीकरण गर्छ। सुरक्षित बचत गर्नको निम्ति प्रोत्साहन गर्छ। बुढेसकालमा शारीरिक अशक्त रहँदा कामलाई बिना धितो बैंक सहकारीको भन्दा सस्तो ब्याज दरमा ऋण प्राप्त हुन्छ भविष्यको आर्थिक सुरक्षा लाभदायक लगानी आदिमा फाइदा हुने गर्दछ।
५ तपाईले वैदेशिक रोजगार लाई कुन रुपमा लिनु हुन्छ ?
मैले बैदेशिक रोजगार लाइ २ तरिकाले नै लिन्छु रोजगारी’ जीविकोपार्जनका लागि आवश्यक काम, इलम, पेसा वा व्यवसाय नभएको अवस्था का मान्छे । इच्छा, जाँगर र योग्यता हुँदाहुँदै पनि काम नपाएको अवस्था । श्रमबजारमा मागको तुलनामा श्रमशक्तिको आपूर्ति बढी भएको अवस्था । देशमा मौजुदा श्रमशक्ति निष्क्रिय हुँदा एकातिर मुलुकमा आर्थिक प्रगतिले गति लिन सक्दैन भने अर्कोतर्फ पारिवारिक कलह, अशान्ति, गरिबी, झैझगडा, हिंसा, कुलत, दुव्र्यसन र सामाजिक अपराधहरू जस्ता घटना ले गर्दा । नेपालमा शिक्षित र दक्ष जनशक्तिले समेत मुलुकभित्र रोजगारी नपाउने अवस्था सिर्जना भएको ले गर्दा वैदेशिक रोजगारलाइ यस रुप मा लिन चाहान्छु ।
६. बिदेशीएका युवालाई तपाईं के भन्न चाहानुहुन्छ ?
बिदेशीएका युवा हरु रहर ले त कोइ बाध्यताले बिदेशीएका हुँन किन कि आफ्नै देस मा धेरै पढेका ले पनि भने जस्तो रोजगारी भने जस्तो काम को अभाब ले गर्दा बाध्य भयर आफ्नो देस छोडेका हुन आफ्नो देस बनाउने जिम्मा हामि युवा बर्ग कै हो अर्थात अहिले को २१ औं शताब्ती का मान्छे हरुलाइ परिवर्तन चाहियको अबस्थामा देस मा भयको राजनीतिकरण भ्रस्टचार घोटाला रिस राग झै(झगडा जस्ता अनैतिक कार्य ले गर्दा नेपाल छोडेका हरु एक धेरै कारण ले गर्दा बिदेशीएका हुँन देस हामि युबा ले नै बनाउनु पर्छ आउनुस संगै हातेमालो गरेर देस बनाउनु पर्छ ।
७. नेपालमा तिब्र रुपमा बिकास गर्नका लागि सत्तामा रहने राजनीतिक दललाई तपाईं के सुझाव दिनुहुन्छ ?
राजनीतिक दल विनाको लोकतन्त्र र लोकतन्त्रमा राजनीतिक दलको भूमिका नहुने भन्ने हुंदैन । राजनीतिक दल र लोकतन्त्रको एक आपसमा मेल (समझदारी) नहुँदा कुनै एक वा दुवै ९राजनीतिक दल र लोकतन्त्र० कमजोर हुन्छ । जसबाट समाज ९राष्ट्र० मा द्धन्द्ध, अस्थिरता पैदा हुन्छ । त्यसैले यी दुवै अन्तरसम्बन्धित छन् र हुनुपर्दछ । राजनीतिक दलहरु सरकारमा गएसँगै लोकतान्त्रिक भावनालाई विर्सेर दलगत स्वार्थमा लागेको पाइन्छ । तेसैले गर्दा हामीले राजनैतिक दल लाइ भनेर केहि काम नै छैन अब मैले बुझे को चै कुनै ज्ञ पार्टी वा दल बहुमत ले आउछन भने तिनैले चै के हि गर्न सक्छन कि जस्तो लाग्छ
८. तपाईलाई राजनीतिक दृष्टिकोण कस्तो लाग्छ ?
म एक स्वतन्त्र व्यक्ति हु एक फोटो ब्यबसायी हु मा यसै मा गर्ब छ मैले कुनै राजनैतिक दल सँग समन्नय गरेर आज सम्म केहि काम गरको छैन र रहन्न पनि मैले आफ्नो काम लै र कर्म प्रति बिस्वास गर्छु र गर्दै जाने छु मेरो लागि राजनीतिक भनेको तटस्थ हो ।
९. तपाईलाई राजनीतिक दृस्ठिकोण कस्तो लाग्छ ?
जनताको नाममा राजनीति गर्ने अनि सत्तामा पुगेर अलिसान महलमा निदाउने प्रवृतिका कारण देशको बिकासको गति लिलाम भएको छ । यस्तो जटिल अबस्थामा पनि कुर्सीको राजनीतिमा रहेका तानाशाही सासकहरु भने आखा चिम्लेका छन । देशको उनीहरुलाई चिन्ता पटक्कै देखिदैन । मुलुकको यो जटिल अबस्थाको अत्यन्त गर्न अब युवाहरु टुलुटुलु हेरेर हुदैँन र हेर्ने समय पनि यो होइन ।
१०. स्थानिय सरकारले व्यवसाय गर्ने युवाहरुको लागि कस्तो नीति लेराउनु पर्छ जस्तो लाग्छ तपाईलाई ?
युवाहरुलाई रोजगर दिएर बेरजगारी समस्या कहिले पनि सामाधान हुदैन । रोजगारभन्दा पनि स्वरोजगारतिर ध्यान दिनुपर्छ । युवाहरुलाई विभिन्न सिप सिकाई उनीहरुको लागी लगानी गरि कमाउन पनि सिकाउनु पर्छ । तर अहिले स्थानीय
सरकारले युवाहरुको लागी करोडौ रकम छुट्याए पनि तालिम दिने कार्यमा मात्र सिमित रहेको देखिन्छ्।
( व्यवसायिक खेती, पशुपंक्षीपालन, कृषिजन्य उद्योग व्यवसाय, दूधजन्य व्यवसाय, प्लम्बिङ, भभिअतचष्अब िर भभिअतचयलष्अ, साना तथा घरेलु व्यवसाय, सिकर्मी तथा डकर्मी, रङ्ग रोगन, सिल्पकार, खुद्रा तथा किराना पसल सञ्चालन जस्ता स्वदेशी श्रम, सीप, ज्ञान एवम् सानो पूँजीबाट सञ्चालन गर्न सकिने स्वरोजगार कार्यमा अनुदान ऋण उपलब्ध गराउने ।स्थानीय सीप र कच्चा पदार्थमा आधारित तथा स्थानीय स्तरमा उत्पादन हुने बस्तुको व्यवसायीकरणमा योगदान पुग्ने कार्यक्रम सञ्चालन गर्ने ।
(एक गाँउ एक उत्पादन र एक परिवार एक रोजगार जस्ता परियोजनामा लगानी गर्ने ।
(मूल्य श्रृंखला भएका व्यवसायहरुलाई प्राथमिकता दिने ।
(व्यवसायिक कृषि, पशुपंक्षी पालन, माछापालन, वन, खानी तथा कृषिजन्य उद्योग र बहुमुल्य पत्थर उद्योग लगायतका उच्च प्राथमिकतामा राख्ने ।
(युवा व्यवसायीलाई स्वदेशमा नै साना तथा घरेलु व्यवसाय सञ्चालन गर्न अभिप्रेरित गर्दै स्वरोजगारका अवसरहरु स्वदेशमा नैं सिर्जना गर्दै आय आर्जनका लागि क्षमता अभिवृद्धि गर्ने एवम् गरिबी निवारण गर्ने, आदि
व्यवसाय गर्ने युवालाई हरेक कुरामा प्रोत्साहन गर्नुपर्छ, नीति मात्र राम्रा बनाउने नभई कार्यान्वयनमा जोड दिनुपर्छ ।
११. अन्त्यमा तपाईं के भन्नू हुन्छ ?
अन्त्यमा तपाईको यो अनलाइन खबर लाई धेरै धेरै धन्यवाद ।मलाई मेरो जीवनको समस्या का कुराहरू जीवनका भोगाइका कुराहरु बीमा क्षेत्रको अनुभवलाई सर्व साधारणमा सजिलै बुझाउन सक्ने गरी आफ्नो कार्यहरुलाई भोगाईहरूको जागर गर्न मौका दिनु भएकोमा धन्यवाद ।