काठमाडौं । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने आस्थाका साथ श्री बोलोचौक बहुउदेश्यीय सहकारीका अध्यक्ष एवं सामाजिक अभियान्ता डा.धर्मेन्द्र कुमार शाहले आफ्नाे जन्म दिनकाे अवसर पारेर सामाजिक काम गरेका छन् ।
श्री बोलोचौक बिकास समिती नेपालको अध्यक्ष समेत रहेका शाहले झापा शिवसताक्षी चार सालमारास्थित श्री पाथीभरा आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक सामाग्री वितरण गरेका हुन् । विगतमा पनि केही न केही सहयोग पु-याउँदै आएका उनले मानवीय सहयोगका लागि पनि यस वर्षको जन्मदिन पाथीभरा आधारभूत विद्यालयका विद्यार्थीसँग मनाएको बताए ।
यस्तै, डा.शाहले काठमाडौं तारकेश्वर ६ मा अवस्थित अपाङ्ग सेवा केन्द्रमा आश्रीत अपाङ्गता भएका व्यक्तिहरूलाई पनि बिहानकाे भाेजन दान गरेका थिए । केन्द्रमा खाना खुवाउनका लागि भने समाजसेवी एवं पत्रकार मायालु लामाले सहजिकरण गरेकी थिईन् ।
डा.शाहले जन्मदिनमा अनावश्यक खर्च गर्नुको सट्टा बेसहारा, गरिबीका कारण पढ्न, लेख्न, उपचार गर्न बञ्चित भएका निमुखा, असहाय बालबालिकालाई सहयोग गर्ने निर्णय गरेका छन्। पछिल्लो समय जन्मदिन, विवाह, ब्रतबन्धको अवसरमा होटल तथा रेष्टुरेन्टमा फजुल खर्च गर्ने चलन बढ्दै गएको देखिन्छ। यस्ता विकृतिहरूको अन्त्य गर्नसमेत उनले गरेको कार्य उदाहरणीय बनेको छ।
२०७६ साल देखि जन्माेत्सवमा अनावश्यक खर्च नगरी सामाजिक काममा हातेमालो गराै भन्ने अभियान सञ्चालन गर्दै आएका डा.शाहले सबैलाई आफ्नो जन्मदिनमा अनावश्यक खर्च नगरी, सक्दो सामाजिक र रचनात्मक कार्यमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।
लामाेसमयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका डा.शाहले पछिल्लो समय साँङ्गितिक यात्रा पनि तय गरेका छन् । २०८१ काे पहिलाे नेपाली गीत शाहकाे शब्दमा ‘पहिलो भेटमै नजर जुुध्यो’ बैशाख १ गते सार्वजनिक भएको थियो । यसैगरी, डा. शाहले नेतृत्व गरिरहेकाे बोलोचौक बहुउदेश्यीय सहकारी यस वर्षकाे पहिलाे कर तिर्ने संस्था बन्न सफल भएको छ।