काभ्रे : जिल्लाको बनेपामा नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल (क्रान्किारी) राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन बनेपाको जिल्ला सम्मेलनबाट शिवराज श्रेष्ठ निर्विरोध अध्यक्षमा निर्वाचीत भएका छन् ।
हिजो सम्पन्न सम्मेलनले श्रेष्ठको अध्यक्षतामा २१ सदस्य जिल्ला कमिटी निर्विरोध निर्वाचित गरेको हो ।
सम्मेलनबाट उपाध्यक्षमा विशेष प्रजापति, सागर श्रेष्ठ, महिला उपाध्यक्ष प्रमिला लामा, सचिव इतिहास तिमल्सिना, सह–सचिवमा गोपिनि तिमल्सिना, समिर पाण्डे सह–सचिव रविन भुजेल, कोषाध्यक्ष श्रृजना थामी र सदस्यहरुमा सुस्मिता परियार, सुष्मा घिमिरे, अर्पण लामा, ईस्वरी तामाङ, जेनिशा वस्नेत, सविन पहरी, अस्मिता तामाङ, हिरालाल तामाङ, रन्जिता गौतम, आयुष सेन्चुरी, छत्र बहादुर आले मगर, शिक्षा ठाकुरी निर्वाचीत भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा मओवादी ( के.स. तथा द पार्टी जिल्ला ) तेज ब.मिजार विषेश अतिथि बागमती प्रदेस सचिवालय सदस्य तथा पार्टी जिल्ला सचिव दैवलाल घिसिङ(अनुशील) विशेष अतिथि बागमती प्रदेस सदस्य तथा बनेपा नगर इञ्चार्ज क.नारायण वानियाँ(दिपेश) , अतिथि बनेपा नगर पार्टी अध्यक्ष क.सुरेन्द्र कुमार श्रेष्ठ , अखिल(क्रान्तिकारी) के.स. तथा काभ्रे जिल्ला जिल्ला इञ्चार्ज निर्मला गौतम , अतिथि अखिल(क्रान्तिकारी) काभ्रेजिल्ला अध्यक्ष विजय लामा जिल्ला , जिल्ला उपाध्यक्ष विवेक लामा, जिल्ला उपाध्यक्ष विबस लामा, नरेन्द्र लामा, पार्टी नगर समिति उपाध्यक्ष लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन युवाराज लामाले गरेको थियो ।