काभ्रे : जिल्लाको खानीखोला गााउँपालिका ५ गैरीखोला तालढ्ुंगामा निर्माण सम्पन्न खानेपानी आयोजनाको उदघाटन गरिएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागमति प्रदेश कार्यालय सिन्धुली तथा खानिखोला गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय जनश्रमदानमा निर्माण सम्पन्न गरी खानेपानी आयोजनाको कामलाई गाउँपालिका प्रमुख इन्द्र बहादुर थिङ( छिन्ताङ) ले उदघाटन गर्नुभएको हो ।
उदघाटन कार्यक्रमको अवसरमा खानीखोला गाउँपालिकाका प्रमुख थिङले पानी भनेको जिवन भएकाले मानीसको जिवनमा स्वच्छ खानेपानीको धेरै महत्व रहेको बताउनुभएको छ । उहाँले काभ्रेको बिकट मानिने खानिखोलामा आफू निर्वाचित भए पछि सातै वडामा एक घर एक धारा बनाइने लक्ष्य रहेको आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । यस ठाउँका अन्य आवश्यकिय शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायत नागरिकको आयआर्जनमा जोड्दै कृषिको क्षेत्रमा समेत बिभिन्न योजनाहरु ल्याउने बताउनु भएको छ । निर्माण भएको खानेपानीको संरचनाको संरक्षण गर्दै प्रयोग गर्न उहाँले आग्रह गर्नु भयो ।
पालिका सरकार २५ लाख र( नेवा ) बागमती प्रदेश कार्यलय सिन्धुलीको साझेदारीमा श्रमदान, गरी १ करोड ६ लाख लागतमा एक मुहान, पानी जम्मा गरेर वितरण गर्ने ट्यांकी, धारा, पाइप, लगायतका संरचना निर्माण गरिएको छ । निर्माण सम्पन्न खानेपानी आयोजनाबाट १४५ घर धुरीमा १४१ वटा धारा निर्माण गरि बितरण भएको छ ।
एक बर्षको समय अवधी रहेको खानेपानी आयोजना २०८० साल साउन १ गते सम्झौता भएको उक्त खानेपानी आयोजनाको समयमानै निर्माण सम्पन्न गरेकोमा स्थानीय नागरिक हर्षित भएका छन् । खानेपानी घर घरमा पुगेपछि बर्षौ देखिको खानेपानीको समस्या समाधान भएको स्थानीयले बताएका छन् ।
कार्यक्रममा वडा अध्यक्षहरु ५ नम्बर बुद्धि बहादुर स्याङ्तान,४ नम्बर निशान मोक्तान ,१ नम्बर सन्चमान थिङ,लगाएत युवा नेता स्थानीयहरु जीवन घिसिङ, केशव आचार्य , खडक बिक, टीका थिङ,केशव बन्जरा, पहरी हवालदार सागर चौधरी ,नेवा प्रतिनिधि रमेश पन्त, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष पुर्ण बहादुर थोकर पदाधीकारी नेवाका प्रतिनिधी स्थानीयको उपस्थिती रहेको थियो