काभ्रे : जिल्लाको चौंरीदेउराली गाउँपालिका ३ मा शहिदको सालिक संगै शहिद गेटको उद्घघाटन भएको छ । शनिवार प्रतिनिधि सभा सदस्य तथा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)ले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धको क्रममा २०६० साल साउन ३२ गतेका दिन दोरोम्बा हत्यकाण्डमा शहिद भएका सोही वडाका भवु तामाङ (सोम)को शालिक पनि एकै साथ अनावरण गरिएको थियो जनयुद्धको क्रममा सहिद भएकाहरुको संझनामा सहिद गेट निर्माण भएको हो । त्यस हत्याकण्डमा १९ जना माओवादी नेता कार्यकर्ताहरुको सामूहिक हत्या गरिएको थियो ।
गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० र आर्थिक वर्ष २०८०÷०८१ (दुई आर्थिक वर्ष) मा विनियोजित १४ लाख रुपैयाँ बजेटबाट सहिद गेट र सहिदको सालिक निर्माण भएको वडा अध्यक्ष चित्रप्रसाद चौंलागाईंले जानकारी दिएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि दोङले सहिदहरुलाई बिशेष समयमा मात्र सम्झेर नहुने बताउँदै सहिदहरुलाई सधैं सम्झिनुपर्नेमा जोड दिएका छन् । सहिदको सालिक र सहिद गेट निर्माण भएपछि सहिदहरुको सम्मान मात्र होइन सहिदले देखाएको बाटोमा निरन्तर लाग्ने प्रतिबद्धता समेत गरेका छन् ।
कार्यक्रमको विशेष अतिथि वागमती प्रदेश सभा सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री रत्न ढकालले चौंरीदेउराली गाउँपालिकाबाट जनयुद्धको क्रममा दर्जनौ सहिदहरु जन्माएको बताउँदै सहिदले देखाएको बाटोमा आफूहरु निरन्तर रुपमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला सचिव तथा वाग्मती प्रदेश समिति सचिवालय दैवलाल घिसिङ(अनुशील)पार्टी केन्द्रीय सल्लाह सदस्य विष्णु प्रसाद गौतम अडिग, वाग्मती प्रदेस सदस्य तथा चौरीदेउराली गाउँ समिति इञ्चार्ज क.तेज पन्त, पार्टी समिति सदस्य क.दुर्गा सिङ लामा र सहिद परिवार तथा नेता क.राजिव मोक्तानले कार्यक्रम मन्तव्य राख्नु भएको थियो ।
त्यसैगरि कार्यक्रममा गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले गाउँपालिकाले देशलाई आमूल परिवर्तन गर्न ज्यान दिने सहिदहरुको सम्झनामा सहिद गेट सहिद पार्क र सहिदहरुको सालिक निर्माण गरिएको बताए ।
१० वर्षे जनयुद्धको क्रममा सहिद भएकाहरुको त्याग र बलिदानीलाई गाउँपालिकाले सम्मान गर्ने बताउँदै अध्यक्ष चौंलागाईंले सहिद तथा बेपत्ता योद्धाहरुको परिवारलाई गाउँपालिकाले प्रतिमहिना ३ हजार रुपैयाँका दरले राहत स्वरुप वितरण गरिरहेको समेत बताए ।
कार्यक्रममा जनयुद्धको क्रममा सहिद भएका भवु तामाङका जीवन संगिनि माइली लामालाई सम्मान समेत गरिएको थियो । साथै जनयुद्धको क्रममा पूर्णकालीन भएका माओवादी नेता कार्यकर्ताहरु र जनआन्दोलनमा घाइते भएकाहरुलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । सम्मान हुनेहरुमा तत्कालीन समयमा पूर्णकालीन भएकाहरु दिनेश शर्मा, सावित्री लामा, दुर्गासिं लामा, कुलबहादुर गौतम, यादव ढुंगेल, कुमार लामा, लक्ष्मी चौंलागाई, विनोद घिसिङ, तत्कालीन गाउँ जनसरकार प्रमुख मोहन प्रसाद ढुंगेल, स्व. भिमसेन गौतमको श्रीमति सरिता गौतम र भगवाती गौतम, जनआन्दोलनका घाइते जगतबहादुर लामा, किसान आन्दोलनका घाइते मन्तरबहादुर तामाङ, सहिद प्रदिप गौतमकी जीवन साथी कल्पना गौतम, पिएसके निर्माण सेवा प्रालिका सञ्चालक सुदिप गौतम, सहिद गेट निर्माण उपभोक्ता समिति, सुना एण्ड डोल्मो थाङ्का उद्योग लगायतलाई रहेका छन् ।
वडा नं. ३ का जननिर्वाचित वडा अध्यक्ष चित्रप्रसाद चौंलागाईंको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्व गाउँपालिका उपाध्यक्ष तारा देवी गौतम पार्टी जिल्ला सदस्य लोक गौतम र निर्माण व्यवसायी महासंघको जिल्ला सचिव प्रदिप गौतम लगायत नेताहरुको उपस्थित रहेको थियो । कार्यक्रमा पूर्व वडा सदस्य तथा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष भोजबहादुर गौतमले स्वागत गरेको थियो ।