काभ्रे : काभ्रेपलाञ्चोक जिल्लामा परियार सेवा समाज गठन गरिएको छ । बनेपा नगर पलिकाको शभहलमा आज प्रथम परियार सेवा समाजको जिल्ला समिति गठन गरिएको हो ।
सम्मेलनबाट समाजको अध्यक्षमा बुद्धिमान परियार निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा सुशिला परियार र दिपेश परियार, सचिवमा उर्मिला परियार, सहसचिवमा कल्पना परियार र रामेश्वर परियार, कोषाध्यक्षमा नकुल परियार र सहकोषाध्यक्षमा सुजन महते (परियार) निर्वाचित हुनुभएको छ ।
सदस्यहरूमा रमेश सेवा (परियार), चेत बहादुर महते, सुमन दर्नाल (परियार), राज बहादुर बर्देवा, सुनिल कुमार मोते, दुर्गा परियार, सम्झना नेपाली (परियार), सजना परियार र सुस्मिता नेपाली सुन्दास निर्वाचित हुनु भएको छ। सम्मेलन परियार सेवा समाज काभ्रेपलाञ्चोकका संयोजक तेज नेपालीको अध्यक्षतामा भएको थियो ।
सम्मेलनमा प्रमुख अतिथी परियार सेवा समाजका पूर्व केन्द्रीय सहअध्यक्ष नारायण परिश्रमी परियारले कुल गोत्राको ज्ञान नहुँदा आफ्नै सहगोत्राभित्र विहेबारी भैरहेको भन्दै त्यसलाई तोड्न समेत यो समाजले काम गर्ने बताउनुभयो । उहाँले आफ्नो ज्याला आफैले तोक्ने बताउनुभयो । सिलाई र पञ्चे बाजा पेसा खोसिएको भन्दै यसलाई अपमानका हिसाबले समाजले लिंदा समस्या भएको बताउनुभयो ।
नेपाल दलित संघका पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष मुक्त बहादुर महतेले परियार समुदाय एकताबद्ध हुनु पर्ने बताउनुभयो ।
सम्मेलनमा कर्णाली प्रदेश संयोजक फत्तेमान परियार, बागमती प्रदेश संयोजक अञ्जन परियार, अधिकार कर्मी दिनेश परियार, अर्जुन वर्देवा, सुमन जैरू, चन्द्र नेपाली, सम्झना नेपाली, कमला परियार, सुशिला परियार लगायतले भनाई राख्नु भएको थियो ।
सम्मेलनमा कर्णाली प्रदेश संयोजक फत्तेमान परियार, बागमती प्रदेश संयोजक अञ्जन परियार, अधिकार कर्मी दिनेश परियार, अर्जुन वर्देवा, सुमन जैरू, चन्द्र नेपाली, सम्झना नेपाली, कमला परियार, सुशिला परियार लगायतले भनाई राख्नु भएको थियो ।
सम्मेलनको अवसर पारेर अधिकृत चन्द्र नेपाली, मावि स्थायी शिक्षक सुनिता छटिंगाल, ज्ञानी शोभा परियार र रत्न कार्की डोली, एमविविएस स्कलर प्रमिस परियार र पत्रकार प्रकाश सुन्दासलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।