काभ्रे : काभ्रे जिल्लाको बनेपामा रहेको शिरमेमोरियल अस्पतालको आइसियूमा जाने ढोका सुत्केरी मृत्यु भएपछि स्थानीयले तोडफोड गरेको छ । शुक्रबार राती एक सुत्केरी महिलाको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तहरुले आक्रोशित भइ ढोका तोडफोड गरेको हो । मृत्यु हुनेमा बनेपा–३ निवासी इश्वरी सुन्दाश रहेका छन् ।
इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार गत बुधवार अर्थात सावन ९ गतेका दिन बनेपा न.पा. ३ नाला बस्ने बिकाश सुन्दाशको श्रीमती वर्ष ३२ की इश्वरी सुन्दाश सुत्केरी गराउन शिरमेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन १२ः२५ बजेको समयमा इश्वरीले छोरा जन्माइ सके पश्चात रगत जस्तो तरल पदार्थ बग्न नरोकिए पछि पश्चात निजको सोही अस्पतालमा पाठेघरको शल्यक्रिया गरेको थियो । शल्यक्रिया पश्चात इश्वरीलाई हिजो राती ११ः५५ बजे डाक्टरले मृत घोषणा गरेको थियो ।
डाक्टरको लापार्वाहीका कारण मृत्यु भएको आफन्तहरुको आरोप छ । मृत्युपछि आफन्तहरु आक्रोशित भइ तोडफोडमा उत्रेपछि प्रहरीले भिड नियन्त्रण गरी छलफलको वातारण बनाएको थियो । प्रहरीका अनुसार अस्पताल प्रशासन र पिडीतको आफन्तहरु छलफलमा बसेकोमा आज विहान फेरी छलफलमा बस्ने सहमति भएको छ ।