काभ्रे : तनहुँमा स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ परेका छन् । तनहुँको ब्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका १० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसी रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । प्रहरीका अनुसार काठमाडौंबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरुलाई शंका लागेर जाँच गर्दा उक्त रकम बरामद गरिएको हो ।
हाल पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।