काठमाडौँ : त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए ।
सौर्यको दुर्घटनाग्रस्त जहाजबाट निकालियो शव, यी हुन् ज्यान गुमाउनेहरू
सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो ।
उनीहरू सौर्यका इन्जिनियर तथा प्राविधिकहरू रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो । अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेको प्रहरीले जनाएको छ ।
विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।
शवहरू टिचिङ्ग अस्पताल लगिएको छ ।