अलि अलि हार त अलि अलि जीत भयो
पहिले पराय थियो अहिले मेरो मीत भयो
सम्झौताको तितो मिठो खेल रहेछ यो जिन्दगी
कहिले जुन भयो कहिले बिहानिको शीत भयो
भेटौँ भन्दा नमानेको किन हो र प्रीय
मलाई आफ्नो नठानेको किन हो र प्रीय
तिम्रो मायाँको भेउ पाइन कत्ती मैले
माया लाउन नजानेको किन होर प्रीय
दुख बिसाउँला बोली मिसाउँला हतारमा किन
कर्णाली भेरी, खोली मिसाउँला हतारमा किन
जन्म जन्म नछुट्टिने बाचा कसम खाएपछी
उत्साहको , झोली मिसाउँला हतारमा किन११
समिता पौडेल न्यौपाने
चितवन