1
मुटु जल्छ छाती चर्चराउछ थाहै थिएन
यि आँखामा आँशु सुहाउछ थाहै थिएन ।।
आँशुको थोपासितै झरेछ सिङ्गो दुनियाँ
आँशुले पनि मान्छे बगाउछ थाहै थिएन ।।
2
एउटा कसैलाई कुर्न, सबैभन्दा गारो
अर्को हिड्नभन्दा दगुर्न, सबैभन्दा गारो
दिल मिल्यो आँखा जुध्यो एक भेट्मै
किस्मतका रेखा जुर्न, सवैभन्दा गारो
3
जवरजस्ती गर्न सक्छ अरे वार गर्न सक्छ
थाह थिएन आँखाले बलात्कार गर्न सक्छ
काँडाले हो अब आफ्नो इज्जत जोगाउने
फूलले पनि कुन बेला हद पार गर्न सक्छ
4
एक टालोमाथी अर्को टालो थपियो
आमाको सकियो मेरो पालो थपियो
बल्ल बुझ्दैछु दुख भनेको के रहेछ
जस्तै ब्लाउज माथी कठालो थपियो
गीता स्मृति कठायत
आदर्श गाउँपालिका ०४ डोटी