काभ्रे : संचारकर्मी संग अन्तरक्रिया कार्यक्रममा काभ्रे जिल्ला अदालतले श्रावण १ गतेदखि स्वचालित पेसी प्रणाली समेत लागू गरेको न्यायाधीश विश्वनाथ भट्रारईले जानकारी दिए ।
स्वचालित पेसी प्रणाली सुरुभए सँगै पेसी तारेखका लागि अब कसैको भन्सुन वा आग्रहमा हुने कुराको पनि अन्त्य भएको उनको भनाइ छ ।
उनले सर्वोच्च अदालतमा सफल भएको यो प्रविधिले जिल्ला अदालतमा पनि सबै सेवाग्राहीलाई विनाभेदभाव पेसी तारेख लिन पाउने र अदालतमा पनि अनियमितता नहुने कुराको सुनिश्चित भएको दाबी गरे ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुराना मुद्दा चालु आर्थिक वर्षभित्रमा फछ्र्यौट गरेर अर्को आर्थिक वर्षमा त्यसलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। काभ्रे जिल्ला अदालतमा आव २०८०÷८१ मा जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएकामध्ये ६ महिना भित्रको ५४३, ६ देखि १२ महिना भित्रको ५८७, १२ देखि १८ महिना भित्रको ४६८, १८ देखि २४ महिना भित्रको १३० र २ वर्ष नाघेको २०९ गरी जम्मा १९ सय ३७ मुद्दा फछ्र्यौट भएका छन्।
जिल्ला अदालत काभ्रेपलाञ्चोकमा फछ्र्यौट हुन बाँकी मुद्दाहरुमा ६ महिना भित्रका ७८९, ६ देखि १२ महिना भित्रका ३००, १२ देखि १८ महिना भित्रका १८५, १८ देखि २४ महिना भित्रका ५९ र २ वर्ष नाघेका २५ वटा गरी एक हजार तीन सय ८५ रहेका छन् ।
जिल्ला अदालत काभ्रेमा सबैभन्दा बढी सम्बन्धविच्छेदका र दोस्रोमा चेक बाउन्सका मुद्धा रहेको कार्यलयका श्रेस्तेदार कर्णवहादुर राईले जानकारी दिए ।
जिल्ला अदालत काभ्रेले सेवाग्राही सुबिधाकोे लागि सेवाग्राही कार्डको व्यवस्था,उजुरी पेटिकाको व्यवस्था,मेलमिलाप परामर्शदाताको व्यवस्था,दोभाषेको व्यवस्था,वैतनीक कानुन व्यवसायीको साथै निशुल्क कानुनी सहयाता,बाल विशेषज्ञ र सेवाग्राही सन्तुष्टि फारमको व्यवस्था गरेको छ ।
कार्यलयले हरेक महिनामा ःभभत तजभ व्गमनभ कार्यक्रम गर्दै आएको छ । यसमा कार्यलयमा आएका सेवाग्राहीहरुले न्यायाधीसलाई भेटेरे आफुलाई परेको समस्या र अदालतमा आफुले भेग्नुपरेकोे समस्याहरु प्रतक्ष्य राख्न सक्नेछन् ।