तपाईको परिचय दिनुस न ?
म राज कुमार गजुरेल, २०३८ सालमा चितवन जिल्ला खैरहनी–५, श्यामनगर, बुडौलीमा जन्मिएको हुँ । प्रा.वि. र माध्यमिक शिक्षा स्थानीय विद्यालयबाट प्राप्त गरेपछि, २०५८ सालमा नारायणगढको बालकुमारी कलेजबाट उच्च शिक्षा सम्पन्न गरेँ। २०६० सालमा काठमाडौं पसेर दुई वर्ष कतारमा बैदेशिक रोजगारमा रहेँ। त्यसपछि नेपाल फर्केर मेनपावर व्यवसायमा संलग्न भई, अहिले ईन्टरनेशनल जम्ब लिंक प्रा. लि. को निर्देशकको रूपमा कार्यरत छु ।
हाल म श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, बाग्मती प्रदेश जिल्ला कार्य समितिको अध्यक्षको भूमिकामा छु। आजको दिनसम्मको मेरो यात्रामा, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको चितवन जिल्लाअन्तर्गत श्यामनगर प्रा.स. मा बाल मण्डली हुँदै चितवन जिल्ला सदस्यसम्मको अनुभव सँगालेको छु । काठमाडौं आएपछि ललितपुर जिल्लाको पुल्चोक प्रा.स. मा एक कार्यकाल बिताएँ। त्यसपछि, गंगबु प्रा.स. मा सदस्य हुँदै अध्यक्षको रूपमा कार्यकाल पूरा गरेँ। काठमाडौं जिल्ला सदस्यको रूपमा एक वर्ष उपाध्यक्ष र हाल अध्यक्षको कार्यकाल सम्पन्न गरी, अब केन्द्रमा जाने तयारीमा छु ।
तपाई अहिले के मा ब्यस्त हुनुहुन्छ ?
हाल परिषदको ३ बर्षे कार्यकाल सकेर काठमाडौं जिल्ला समितिका १५ ओटा इकाईहरूको साधारण सभा गर्न र जिल्लाको साधारण सभा तयारी तिर व्यस्त छु ।
नेपालमा श्रीकृष्ण प्रणामी युवा परिषद स्थापना कहिले भयो त ?
श्रीकृष्ण प्रणामी धर्ममा दिक्षित देशभरका युवालाई संगठन र दुव्यसन मुक्त एवं अध्यात्मिक, निष्ठावान, सद आचरण, भएका युवाहरूलाई संगठित गरी ’सर्वधर्म, समन्वयको“ भावना विकास गर्ने हेतुले “दुर्बेसन त्यागौ, सेवामुखी बनौ“ भन्ने मुल नाराका साथ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको बि.स २०४७ साल माघ १८ गते स्थापना भएको हो ।
तपाई श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल मा कहिले देखि आवद्ध हुनुभयो ?
म स्थापना कालमा जब संस्थापक महासचिव स्वर्गीय विष्णु
लम्साल ज्यूले चितवनमा परिषद गठनको सिलसिलामा हामीलाई
बाल मण्डलीमा राखेको याद छ। तेसै बेला नै म परिषदमा रहेको मलाई स्मरण छ ।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको उद्देश्यहरू के–के छन् त ?
परिषदको उद्देश्य समाजलाई दुर्व्यसन रहित बनाई, सामाजिक सेवाको काम गर्ने, लोक हितको काममा सक्रिय हुँदै वातावरण संरक्षण गर्ने, शाकाहारी समाज निर्माण गरी आत्मा र परमात्माको चिन्तन गर्नु हो।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका निम्न उदेश्य हरु रहेका छन
१) श्री कृष्ण प्रणामी धर्मालम्बी युवाहरुलाई संगठित गर्ने ।
२) युवा वर्गमा नैतिकता, सदाचार, अनुशासन र धार्मिक तथा सामाजिक भावनाको विकास गर्ने ।
३) स्वधर्म साथै हिन्दु धर्मको संरक्षण र सम्बर्धन गर्ने ।
४) सेवा मुलक कार्यक्रम संचालन गरी सामाजिक विकास गर्ने ।
५) धुम्रपान, मद्यपान तथा लागू पदार्थ दुर्व्यसन विरुद्ध कार्यक्रम संचालन गरी जनचेतना वढाउने ।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका काम र कर्तव्य के–के हुन ?
परिषदको उदेश्यलाई तुरूस्त दुरूस्त राख्न पदाधिकारीहरूलाई बिधानले काम कर्तव्य छुटाई दिएको छ जो जहा बाट प्रतिनिधीत्यो गरेको हो तेही क्षेत्रमा पदिय हैसियतले काम गर्ने र गराउने हो जस्तों लाग्छ
अहिंसा परमोधर्म भन्ने भावनाको समाजमा अभिवृद्धि गराउने ।
लागू पदार्थ, दुर्व्यसन, मद्यपान जस्ता कुलतहरु हटाई युवा वर्गमा नैतिकता, सदाचार, अनुशासन र धार्मिक तथा सामाजिक भावनाको विकास गर्ने कार्यक्रम संचालन गर्ने । आदि
श्रीकृष्ण प्रणामी युवा परिषद नेपालले कस्ता–कस्ता योजना लिएर अघि बढेको छ त ?
परिषदले ५ आधार स्तम्भ दिएको छ । दुर्व्यसन त्यागौ सेवा मुखी बनौ सेवा नै धर्म हो बातावरण समरक्षण गरौ निरामिस भोजन सेवन गरौ आत्मा र परमात्मालाई चिनौ भन्ने
विभिन्न योजना अघि बढाएको छ, जसमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, वातावरण संरक्षण, समाजमा शाकाहारी जीवनशैलीको प्रचार–प्रसार, युवा जागरण र नेतृत्व विकास कार्यक्रम, तथा समाजलाई दुर्व्यसन मुक्त बनाउने अभियानहरू छन्।
तपाईले जिल्लाको नेतृत्व समालेको ३ वर्ष बितिसक्दा समाजमा कस्ता–कस्ता सेवा का कार्यहरू गर्दै आउनु भएको छ त ?
मेरो नेतृत्वमा हामीले विभिन्न सेवा कार्यहरू सञ्चालन गरेका छौं। जसमध्ये स्वास्थ्य शिविरहरू, शिक्षा प्रोत्साहन कार्यक्रमहरू, रक्तदान कार्यक्रमहरू, वातावरण संरक्षण अभियानहरू, तथा समाजमा शान्ति र सद्भाव कायम गर्न विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गरिएका छन्। जसमा हामीले हाम्रो समाज १५ –२० बर्ष पछी पनि तुरूस्त दुरूस्त होस भनी घर घर जागनी जनजन जागनी अभियान लिएर सबै बाबुनानी प्रशिक्षित हुनु पर्छ प्रशिक्षण गराउनु पर्छ भनेर आवाज उठाउनुको साथै प्रशिक्षण गराउदै आएका छौ भने न्यानो माया अभियान भनेर स्कुलहरूमा बिधालय पोषाक बितरण गरेको छौ भने शितलहर पिडितहरूलाई बल्याकेट बितरण पुर्ब मेची देखी पश्चिम बाके बर्दिया कैलाली पुगेका छौ अन्तरजिल्ला सम्बन्ध अभियानमा अन्य जिल्लाहरू संग सहकार्यमा पनि काम गरेका छौ
अब बाकी कार्यकाल कसरी बिताउनुहुन्छ ?
बाकी कार्यकालमा मैले केन्द्रमा जानको लागि तयारी गरिरहेको छु। साथै, परिषदका विभिन्न योजनाहरूलाई अझै प्रभावकारी रूपमा कार्यान्वयन गर्दै, समाजसेवामा निरन्तरता दिन चाहन्छु।
दुर्व्यसनमा लागेका युवाहरुलाई के भन्नूहुन्छ त ?
दुर्व्यसनमा लागेका युवाहरूलाई मेरो सन्देश छ कि, तपाईंहरूको भविष्य उज्जवल बनाउन र समाजलाई स्वस्थ र सुरक्षित राख्न दुर्व्यसनबाट मुक्त हुनुहोस्। जीवनमा सकारात्मक सोच र स्वस्थ आदतहरू अपनाएर मात्र तपाईंले आफ्नो र समाजको विकास गर्न सक्नुहुन्छ।
नेपाल सरकारले कस्ता–कस्ता नीतिहरू ल्याए दुर्ब्यसन मुक्त समाज बन्छ त ?
नेपाल सरकारले दुर्ब्यसन मुक्त समाज बनाउनका लागि विभिन्न नीतिहरू ल्याउन सक्छ, जसमा शिक्षा र चेतना अभियानहरू, पुनर्स्थापना केन्द्रहरूको स्थापना र सुदृढीकरण, युवाहरूका लागि रोजगार सिर्जना कार्यक्रमहरू, खेलकुद र सांस्कृतिक कार्यक्रमहरू मार्फत स्वस्थ जीवनशैलीको प्रोत्साहन, र कडा कानूनी कार्यवाही समावेश हुन सक्छ।
अन्त्यमा के भन्नुहुन्छ ?
अन्त्यमा, इन्द्रेणीमाला डटकमलाई धन्यवाद । सर्बप्रथम यो अबसर दिनु भइ श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिती काठमाडौ को गतिविधि जनसमाजमा पुर्याउन योगदान दिनु भएको मा हार्दिक प्रणाम सहित धन्यवाद व्यक्त गर्दछु।
म सबैलाई स्वस्थ, सुखी र समृद्ध जीवनको कामना गर्दछु। समाजलाई दुर्व्यसन मुक्त बनाउँदै, एक शाकाहारी, स्वस्थ र सुखमय जीवन बिताउन सबैलाई आग्रह गर्दछु। श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको उद्देश्यमा सहकार्य गरौं र हाम्रो समाजलाई अझ राम्रो बनाऔं । धन्यवाद ।