१।
मन बुझाउँछु फोटोमै हेरी मायालाई
एकै छिन नि नदेख्दा खेरी मायालाई
छुट्नलाई त हामी हिजो हो छुटेको
भेट्न मन लागिसक्यो फेरि मायालाई
२।
जानि गर्यौ कि नजानि तिमिले
भन किन गर्यौ बैमानि तिमिले
हिजो सँगै जिउने बाचा गरेर
आज बोली फेर्यौ सानि तिमिले
३।
हिउँ पनि पग्लिएर पानी हुन्छ
मौसमको बदलिने बानी हुन्छ
यो रिस अहंकार के को लागि
जिन्दगी एक दिन खरानी हुन्छ
४।
देऊ चोखो माया खोजेको तेत्ति हो
बन मेरै छाया खोजेको तेत्ति हो
आँखा चिम्लेर विस्वास गरेको छु
नगर दायाँ बायाँ खोजेको तेत्ती हो
अम्बर तामाङ
राैतामाई –६ , उदयपुर