१मुक्तक
चाहिन्न सधै भन्छौ अब निकाली दिए पुग्छ
कहाँ संसार कहाँको घर सधै फाली दिए पुग्छ
मर्छु चाहिदैन भिर पाखा हाम फाल्छु भन्यौ
म खाल्डोमा पुर अन्तै पाइला चाली दिए पुग्छ ।।
२मुक्तक
साहित्यको महा सङ्गाममा संकट लागेको छ
यसरी रोड गल्ली गल्लीमा छटपट लागेको छ
जस्ले यत्ति धेरै साधना गर्यो स्वर्णिम अक्षर लेख्दा
आज उस्कै निधारमा दैबको नि खत लागेको छ
३मुक्तक
के संकल्प के साधना कतै बिक्ने छैन १
झुटको बजारमा सत्य कतै टिक्ने छैन
भैगो अब नरटाउ पिरतिको सारेगम
जत्ति सिके तिमिबाटै अब सिक्ने छैन ।।
४मुक्तक
उस्तै छ माया उस्तै छ बोलि फेरीएको छैन
उस्तै छ भोटो उस्तै छ चोलि फेरीएको छैन
माया देखाउन नसा काट्न खुन बगाउन पर्दैन
फेरिन्न प्रभात उस्तै छ भोलि फेरीएको छैन ।।।
टेकेन्द्र सिह धामी
शुदुरपश्चिम प्रदेश सिगास गाउपालिका २ बैतडी घर भै हाल
श्री सरस्वती मा।बि।सल्लेवासा पाटन १० बाडिखानामा अध्यापनरत