बेथानचोक : काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत बेथानचोक गाउँपालिका भित्रका महिलाहरुका लागि सर्वोत्तम लिटो, पिठो सातु बनाउने तालिम सम्पन्न भएको छ ।
बेथानचोक गाउँपालिका भित्रका महिलाहरुलाई सर्वोत्तम लिटो, पिठो सातु उत्पादनसम्बन्धी तालिम दिइएको हो । ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत गाउँमै सर्वोत्तम लिटो, पिठो सातु उत्पादन गर्नेगरी तालिम प्रदान गरिएको हो ।
बेथानचोक गाउँपालिकाको आर्थिक सहयोग र समन्वयमा गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत तालिम आयोजना गरेको थियो । ५ दिनसम्म चलेको तालिममा सहभागी महिलाहरुले मकै, भटमास, गहुँ, काजु र चिनी लगायतका खाद्यान्न मिश्रिण गरी सर्वोत्तम पीठो उत्पादन गरेर प्रदर्शन गरेका थिए ।
स्थानीयस्तरमा पाइने मकै, गहुँ र भटमासलगायतको मिश्रण गरेर सर्वोत्तम पीठो बनाइएको गाउँपालिका भगवान अधिकारीले बताउनुभयो । तालिम अवधिभरमा प्रशिक्षकहरुले महिलामा व्यावसायिक क्षमताको वृद्धि, सर्वोत्तम पीठो उत्पादन गर्ने तरिका, बनाउने विधि, समावेश गर्नुपर्ने कच्चापदार्थ र बजारीकरणलगायत विविध विषयहरुमा सहजीकरण गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्षले तालिम लिएपश्चात् अब तालिमको अवधिमा सिकेका ज्ञान, सिपलाई पूर्ण रुपमा व्यवहारमा उतार्नुपर्ने बताउँदै गाउँपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराइने हुँदा महिलाहरु आयआर्जन र उत्पादनको क्षेत्रमा आबद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो ।