बेथानचोक : जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्वर ३ मा वडा समितिबाट सञ्चालन गरिएको होमस्टे सुधार कार्यक्रम सम्पन्न भएको छ । बेथानचोक गाउँपालिका ३ मा भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न होमस्टे सुधार कार्यक्रम सञ्चालन गरेको बेथानचोक गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष कुबेर ढकालले जानकारी दिएको छ ।
बोथानचोक गाउँपालिका वडा नम्वर ३ को आर्थिक सहयोगमा वडा भित्र रहेका सामुदायिक होमस्टे र निजी होमस्टे गरि १० वटा होमस्टेलाई सुधार कार्यक्रम तालिम सहित समाग्री प्रधान गरिएको थियो ।
ग्रामीण पर्यटनमा होमस्टेको महत्व तथा विभिन्न किसिमका परिकार बनाउन सुधारले सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा वडाध्यक्ष कुबेर ढकालले होमस्टे सुधारको कार्यक्रमले पर्यटन विकासमा धेरै सहयोग पुर्याउने समेत वताए ।
वडा अध्यक्ष ढकालले पाहुनाको स्वागत तथा सत्कार गर्ने तरिका, स्थानीय उत्पादित वस्तुका परिकार, जैविक खाना, बासको व्यवस्था, होमस्टेको वर्तमान अवस्था, होमस्टे बजारीकरण, ग्रामीण पर्यटन र यसको महत्व, होमस्टे सञ्चालन, फोहरमैला व्यवस्थापन लगायतका विषयका बारेमा सुधार कार्यक्रम प्रदान गरिएको वताए ।