काभ्रे : यो वर्षको मनसुनी सिजन शुरु भए सँगै वर्षाले सडकहरु अवरोध भएको छ । यो वर्ष मनसुन सुरु भएपछि अति भारी वर्षा सुरु भएको आज पहिलो दिन हो ।
जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्वर ५ च्याल्टीमा पहिलो दिनमै खहरेखोला उर्लेर आउदा बेथानचोक ५ का खोलाछेउका वस्तीहरु समेत जोखिममा परेको वडा अध्यक्ष राजकुमार वाईवाले जानकारी दिएको छ ।
भारी वर्षाका कारण ढलहरु थुनिएकोले सडकहरु पनि अवरुद्ध भएको र वस्तीहरु धेरै जोखिममा परेको वडा अध्यक्षले बताएको छ ।
अति उच्च बर्षाका कारण बेथानचोक गाउँपालिका ,खानीखोला गाउँपालिका जोडिएका खोपासीचलाल ढुंङखर्क च्याम्राङ्बेशी सुकुमफेदी फापरवारि सडकमा ग्वाभान्ज्यङ खण्ड अवरुद्ध भएको छ ।
खोपासी तालढुंङगा सडकमा , च्याल्टी खण्ड र दाहाल भञ्ज्याङ् पारी लाटिखोल्सा पहिरोका कारण सो खन्ड अवरुद्ध छ ।
बेथानचोक नारायण थान खण्डको देउराली खण्ड र बर्खेथलीखन्ड अवरुद्ध छ । बेथानचोक गाउँपालिकाका सबै सडक प्रयोग गर्दा अवरुद्घ स्थान पत्ता लगाएर मात्रै यात्रा गर्न गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिएको छ ।
यो अवस्थामा यात्रा जोखिम हुने ,चल माटो भएको स्थानमा बर्षातको समय डोजर प्रयोग झनै हानिकारक हुने हुँदा बर्षात नरोकिएसम्म बाटो सोर्न समेत कठिनाइ हुने हुँदा होसियारी अपनाउन पालिका अध्यक्ष अधिकारीले अपिल समेत गरेको छ ।