सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन रहेको भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई कामदार पुरिएका छन् भने १० जना घाइते भएका छन् ।
सिन्धुपाल्चोकका एसपी सन्तोष खड्का अनुसार, ड्यामतर्फ पानी जाने पट्टीको ढलान एक्कासी खस्दा १० जना घाइते भएका हुन् । दुई जनालाई निकाल्ने प्रयास भइरहेको छ ।
घाइते १० जनाको बाह्रबिशेस्थित प्राथमिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्था भएकाहरूलाई धुलिखेल वा काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।