बेथानचोक : काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका ३ मा विद्युतीय सुरक्षा सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ ।
बेथानचोक गाउँपालिका ३ को आयोजनामा भएको प्रशिक्षण बुधवार सम्पन्न भएको हो । प्रशिक्षणमा कृष्णागोपाल मा.वि. का शिक्षक विद्यार्थी लगायत वडा नम्वर ३ का स्थानियहरुको सहभागिता रहेको थियो ।
विद्युत दुर्घटनबाट बच्नको लागि के कसरी सुरक्षा अपानउन सकिन्छ भन्ने विषयलाई लक्षित गरी प्रशिक्षणको आयोजना गरिएको हो ।
विधुतिय सुरक्षा सम्बन्धि प्रशिक्षणमा विधुतिय जोखिमका कारण र विधुतिय जोखिमको न्युनिकरणको उपायको वारेमा प्रशिक्षण प्रदान गरिएको गरिएको थियो ।
सुरक्षात्मक विधिको पूर्ण अबलम्बन गरेमा जोखिम कम गराई दुर्घटनाबाट बच्न सकिने ढकाल वताउछन । ती सबै विधिहरु थाहा नहुँदा कमीकमजोरीका कारण दुर्घटनाको शिकार हुनपरेको केही घटना पनि छन् । अब त्यसरी स्थानिय वासीहरु विद्युतीय दुर्घटनामा पर्न नपरोस र ज्यानै गुमाउने सम्मको जोखिम नहोस् भनी गरिएको प्रशिक्षण प्रभावकारी भएको वितरण केन्द्र दोलखाका प्रमुख मेघनाथ ढकालले बताउनुभयो ।
तालिममा शैद्धान्तिक एवं व्यवाहरिक सीप र ज्ञान सिकाइएको छ । बिद्युतीय सुरक्षा उपकरणको प्रयोग एवं सुरक्षा नियमको पालना गरेर मात्र कार्य गरेमा दुर्घटनाबाट जोगिन सकिन्छ ।