बेथानचोक : काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्वर ३ स्थित महाङकलथानमा स्थानिय आविष्कार केन्द्र बेथानचोक काभ्रेको सहकार्य र उधोग वाणिज्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजनमा साबुन बनाउने तालिम सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रममा बोल्दै बेथानचोक गाउँपालिका वडा नम्वर ३ का वाड अध्यक्ष कुबेर ढकालले महिलाका लागि अत्यावश्यक सामाग्री मध्येको साबुन बनाउने सीप तालिम दिएर सिकाई केन्द्रले उदाहरणीय काम गरेको बताउनुभयो । दैनिक उपयोगमा ल्याउनै पर्ने यस्ता सामाग्रीको बजार पनि राम्रो भएकाले गाउघरमै उद्यम संचालन गर्न सुझाव दिनुभयो ।
स्थानीयस्तरमै प्राप्त कच्चा पदार्थको उपयोग गरेर बनाइएका साबुन स्वास्थ्यका लागि लाभदायक रहेको जनाउनुभयो । यस्ता सीपमूलक तालिमलाई गाउँपालिकाले पनि सहयोग गर्नेु पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा उधोग तथा वाणिज्य कार्यालयका प्रमुख यज्ञ बहादुर ओली, स्थानिय आविस्कार केन्द्रका अध्यक्ष पदमलाल तिमल्सिना, वडा नं. ३ का वडाअध्यक्ष तालिमका सहभागीहरुले तालिममा सिकेका सीपलाई आजआर्जन बढाउन सुझाव दिनुभयो ।
बेथानचोक गाउँपलिका वडा नम्वर ३ का अध्यक्ष कुबेर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उधोग वाणिज्य कार्यालय काभ्रेपलाञ्चोकका कर्माचारी रबिन्द्र चौलागाईले गर्नुभएको थियो । तालिममा १७ जना महिला पुरुषको सहभागी थिए ।