काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिकाका महिलाहरूका लागि आत्मनिर्भर आय आर्जन हुने ५ दिने दुना टपरि बनाउने तालिम सम्पन्न भएको छ ।
असार ११ गतेबाट संचालनमा आएको तालिम मंगलवार एक कार्यक्रमको आयोजना गरी २८ जना सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरी सम्पन्न भएको हो । बेथानचोक गाउँपालिकाको आयोजना र बागमती प्रदेश समाजिक विकास मन्त्रलयको सहयोगमा उक्त तालिमको आयोजना गरिएको थियो । बेथानचोक गाउँपालिकामा २८ जना महिलाहरुलाई आत्मनिर्भर र आयआर्जन गर्न सकुन भनेर उक्त तालिमको आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले यो ५ दिन सम्म सिकेको सिपलाई आफनो व्यवहारमा लागु गरी आर्थिक उपार्जन गर्न आग्रह गर्नु भयो ।
महिलाहरुले आफनै घरको काम सकेर फुर्सदमा पनि आफनो वरपर रहेका पातहरुलाई संकलन गरेरपनि दुना टपरी निर्माण गर्न सकिने र बेच्नको लागि समस्या नभएको उहाँले बताउनु भयो । महिलाहरुलाई आर्थीक रुपमा ससश्क्त बनाई उनिहरुलाई सामाजिक तथा अन्य क्षेत्रमा पनि बलियो बनाउनका लागि यो तालिमको आयोजना गरिएको अध्यक्ष अधिकारीले बताए ।
यो सिपलाई सिकेर आफनो व्यवहारमा पनि लागु गरी साथै सिपलाई हस्तान्तरण पनि गर्न गाउँपालिका अध्यक्षले आग्रह समेत गरेको छ । अहिले बजारमा पनि प्लाष्टिकका समानहरुलाई बिस्थापित गर्न र यो हाम्रो परम्परागत संस्कृतीसंग प्रत्यक्ष जोडिएको भएकाले पनि यो ५ दिनमा दुना टपरी बनाउन सक्षम भएर सामग्री तथा सिपलाई जगेर्ना पनि गर्नुपर्ने भएकाले यो तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीको भनाई रहेको थियो । कार्यक्रमका बिशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले कुनै पनि सिप सिकेर मात्रै नहुने उक्त सिपलाई आफनो व्यवहरमा उतारेर निरन्तरता दिईनु पर्ने बताउनु भयो ।
साथै आगामी दिनहरुमा पनि महिलाहरुको आवस्यकता माग अनुरुप कार्यक्रम तथा योजना बनाउनमा आफुले सहयोग गर्ने बताउनु भयो ।