रोशी : रोशीमा कुकुरले टोकेर एक जना घाइते भएको छ । आइतबार बिहान रोशी गाउँपालीका–५ का जगत बहादुर थिङ बेवारीसे कुकुरले टोकेर घाइते भएको हो ।
खानेपानीको मुहान सरसफाइ गर्न भनी तारा खसे लेकमा जाने क्रममा थिङालाई रोशी–५ दोकर्पा स्थित गाडीमा कुकुरले टोकेको थियो । घाइते थिङलाई स्थानीयको सहयोगमा एम्बुलेन्स मार्फत अस्पताल पठाईएको छ ।
घाइते थिङको काठमाडौंस्थित टेकु अस्पतालमा उपचार भैरहेको छ । थिङलाई टोकेको कुकुरमा रेविज आशंका गरिएको छ । कुकुरले थिङको गाला लगायतको भागमा गहिरो चोट हुने गरि टोकेको छ ।