Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

खानीखोला गाउँपालिका ५ मा छाता र लौरो वितरण गरि मनाईयो धन दिवस

खानीखोला गाउँपालिका ५ मा छाता र लौरो वितरण गरि मनाईयो धन दिवस

काभ्रे  : काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकाका वडा नः ५ तालढुङ्गगा वडा कार्यालयबाट जनप्रतिनिधिहरुले लौरो र छाता बोकेर जनताको घरैमा पुगेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई हिँडडुल गर्न र पानीबाट जोगिन सहयोग होस् भनेर छाता उपहार दिइएको गाउँपालिका अध्यक्षले बताएकोे छ ।

आज असार १५ धान दिवस तथा दही चिउरा खाने दिन भएकोले गाउँपालिकाले छाता र लौरो उपहार दिएपछि दही चिउरा खाएर असार १५ मनाएको छ । यहाँका नागरिक निकै खुसी छन् । ७८ वर्षका बल बहादुर श्रेष्ठले पालिकाका सरकारलाई सरकार भएको अनुभूति मिलेको बताउनुभयो ।

कार्यक्रम खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । विकट भूगोल भएकाले हिडडुल गर्न सेवाग्राहीले सास्ती बेहोरेपछि वडामै पुगेर सेवा दिएको जानकारी दिनुभयो । बर्षादको समयमा घण्टौँ हिँडेर आउँदा सेवाग्राहीले सास्ती बेहोरिरहेको देखेपछि वडाबाट छाता र लौरो उपलब्ध गराउन थालेको अध्यक्ष थिङले बताउनुभयो । जनप्रतिनिधिले जेष्ठ नागरिककालाई मायाँको चिनो स्वरुप बितरण गरेको बताए । वडा नः ५ पालिकाकाकै केन्द्र भएकोले भत्ता लिन आउन गाउँपालिकाको केन्द्रमै बैङ्क रहेकाले बैङ्कसम्म आउन अरु वडाको तुलनामा अलि सहज भएकोले सुरक्षा भत्ता बैठकबाटै वितरण थालिएको हो ।”

सामाजिक सुरक्षा भत्ता लिन आउने जाने बर्खामा काम लागोस् भनेर छाता र लौरो उपहार दिइएको अध्यक्ष थिङले उल्लेख गर्नुभयो । पहिलो चरणमा गाउँपालिकाको केन्द्रसम्म सहज यातायातको पँहुच नभएका वडास्तरबाट भत्ता वितरण सुरु गरेको हो । त्यसको सुरुवात वडा नं ४ बाट गरिएको छ ।

यातायात र बैङ्कसँगको पहुँच नभएका, वृद्धवृद्धा, अशक्त अपाङ्गता भएका नागरिकलाई पालिकाले दिएको सेवाबाट यहाँका नागरिक निक्कै खुसी देखिएका छन् ।
गाउँपालिकामा १ हजार १०७ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । वडा नः ५ बाट १०९ जनाले सामाजिक सुरक्षा भत्ता लिदै आएको वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तान (बाबू ) ले बताउनुभयो । स्थानीय खडनन्द आचार्यले पहिलो पटक गाउँमै सरकार आएको अनुभूति भएको उल्लेख गर्नुभयो । गाउँपालिकाले आफ्ना समस्या बुझ्न र भत्ता छाता र लौरो दिन आफ्नो वडाबाटै लिन पाउँदा निकै खुसी लागेको बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्वाले आफ्ना नागरिकले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको माग गरेपछि भत्तासँगै लौरो र छाता लिएर पुगेको जानकारी दिनुभयो ।
यस वडाबाट हरेक महिनाको एक चोटि नियमित ६० बर्ष माथीका जेष्ठ नागरिक घुम्ती स्वास्थ्य परिक्षण हुँदै आएको छ । सामाजिक सुरक्षा भत्ता कार्ड हरेक एक आर्थिक बर्षमा नवीकरण गर्न वडामै आएर गर्नु पर्छ तर सेवाग्राहीको समस्यलाई मध्यनजर गर्दै वडा न ः ५ ले घर घरमै गएर सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गर्ने वडा सचिव चण्डिका थापाले बताउनुभयो ।

खानीखोला जिल्लाको विकट गाउँपालिका मध्येमा पर्छ । गाउँपालिकाको केन्द्रबाट ज्येष्ठ नागरिक, अशक्त, एकल र विधवालाई वडामै पुगेर छाता र लौरो उपलब्ध गराइएको हो । सिङ्गो गाउँपालिका नै जनताको वडा वडामै पुगेपछि खाली हात नजाने भन्दै छाता र लौरो उपहारसमेत गाउँपालिकाले उपलब्ध गराएको छ ।

कार्यक्रममा विशिष्ट अतिथी उपाध्यक्ष दोर्जे मान जिम्बा, प्रशासन शाखा प्रमुख रामकृष्ण अर्याल , मिना पाख्रीन, प्रेम लामा, खडक बिक, बिन्दा आचार्य , स्वास्थ्यकर्मी प्रेम खडका बुद्धिजीवी , समाजसेवी , लगाएको उपस्थितिमा बुद्धि बहादुर स्याङ्तानको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सन्चालन वडा सचीव चण्डिका थापाले गरेका थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host