काभ्रे : स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को पहिलो काभ्रे भेला सम्पन्न भएको छ । फेकन काभ्रेको बन्दसत्रलेको ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । फेकनको केन्द्रमा १२ औं महाधिवेशन सम्पन्न भएपश्चात काभ्रेमा औपचारिक रुपमै कार्यसमिति गठन गरिएको हो ।
भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं फेकनका केन्द्रिय अध्यक्ष राजुु निरौलाले विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गर्ने वातावरण तयार गरि अर्बौ डलर देशमा भित्र्याउन सकिने बताउनुभयो । त्यसको लागि फेकनको तर्फबाट शिक्षा मन्त्रालय एवं प्रधानमन्त्रीलाई भेटेर सुझाव समेत प्रस्तुत गरिएको अध्यक्ष निरौलाको भनाई थियो । विदेशमा विद्यार्थी पठाउने मात्र नभइ नेपालमा विदेशी विद्यार्थीलाई भित्र्याई हाइड्रो इलेक्ट्रिसिटी, पर्यटन, एमबिबिएस एम डी लगायतका कार्यक्रम अध्ययन अध्यापन गरि विदेशी विद्यार्थी भित्र्याउन सकिएमा नेपाललाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने निरौंलाको भनाई छ । यसलाई अगाडि बढाउन व्यवसायीहरूलाई आग्रह गर्नुभयो । शिक्षा मन्त्रालय र प्रदेशको लाइसेन्स लिनको लागि समन्वय र सहजीकरण गर्ने बताए । निरौला फेकनको १२ औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।
कार्यक्रममा फेकनका केन्द्रिय महासचिव छविन्द्र ओझा, उपाध्यक्ष , सचिव इन्द्रजित गौतम, कोषाध्यक्ष दिपेन्द्र पोखरेल, गौतम पुडासैनी सह–कोषाध्यक्ष, साधारण सदस्य रामचन्द्र केसी, सदस्यहरू मन्जु लामिछाने, सञ्जय बस्नेत, साधारण सदस्य सिराज पुडासैनी, रिजनल मार्केटिङ म् लामि लगायत काभ्रेमा कन्सल्टेन्सी व्यवसाय गर्दै आएका व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
फेकन काभ्रेको कार्यसमितिमा को को भए निर्वाचित ?
काभ्रेमा फेकनको भेलासँगैको बन्द सत्रले व्यवसायी पदम कुमार तामाङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा नवराज फुयाँल, सचिवमा सहदेव थापा, कोषाध्यक्षमा रविन सैजु, सदस्यहरूमा दामोदर गौतम, सागर तामाङ, मिलन थापा, निरोज गेलाल र जयराम सापकोटा सर्वसम्मत निर्वाचित भएका हुन् ।
भेलाले व्यवसायीहरू सुनिल गिरी, सन्तोष घिमिरे र अस्मिन थापालाई सल्लाहकारको रुपमा मनोनयन समेत गरेको छ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल कन्सल्टेन्सी व्यवसायीहरूको छाता संगठन हो ।
कार्यक्रमलाई नवनिर्वाचित अध्यक्ष तामाङ (साङ्गे) ले व्यवसाय मात्र गर्दा समस्याको समाधान नहुने हुदाँ सांगठनिक रुपमा आबद्ध भइ काम गर्दा समस्याहरूको सम्बोधन गर्न सकिने बताउनुभयो । फेकनसँग आफूहरू आबद्ध भएसँगै के प्राप्त गर्ने भन्दा पनि के योगदान दिन सक्छौं भन्ने विषय महत्वपूर्ण भएको बताउनुभयो । अध्यक्ष तामाङले काभ्रे कार्यसमिति गठनको लागि खटिने केन्द्रिय महासचिव, नवनिर्वाचित समितिका उपाध्यक्ष लगायतका सम्पूर्ण ब्यक्तित्वहरूको भुमिका र निरन्तर छलफल र सहकार्यमा कार्यक्रम गर्न सकिएको बताउनुभयो ।
कार्यक्रम सुप्रिम डेन्टल बनेपा, सुनगाभा ट्राभल, नेपाल लाईभ हाउसको सहयोगमा सञ्चालन गरिएको नवनिर्वाचित फेकन काभ्रेका उपाध्यक्ष नवराज फुयाँलले जानकारी दिनुभयो ।