काभ्रे : जिल्लाको खानिखोला गाउँपालिकाले ४९ करोड ४३ लाखको बजेट ल्याएको छ ।
आषढ १० गते सोमबार खानीखोला गाउँपालिकाको १५ औँ गाउँसभा ८ औं बजेट कार्यक्रम सम्पन्न भएको छ ।
१५ औँ गाउँसभामा खानिखोला गाउँपालिका सरकारले जनयुद्धको क्रममा गाउँपालिकाबाट सहिद भएकाहरुका २० जना सहिद परिवारलाई सम्मान समेत गरेको छ ।
सहिद परिवारलाई सम्मान गरे संगै गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले सहिदहरुको रगत बलिदानको कारणले यो व्यवस्था ल्याएको सहिद परिवारलाई सम्मान गर्ने कुराले नै उहाँहरुप्रति उच्चा सम्मान गरेको अध्यक्ष थिङ्ले बताए । सम्मानपत्र र दोसल्लासहित सम्मान प्रदान गरेको हो ।
स्थानीय खरिद बिक्री केन्द्र, कफी उत्पादन कृषिमा जोड ,जसको उत्पादन उसैलाई अनुदान पालिकाले कफीमा अनुदान दिदैं आएको छ । खानिखोलामा मासिक १० हजार धार्नी खुवा उत्पादन हुन्छ । अब खुवामा पनि अनुदान दिने सरकारको नीति तथा कार्यक्रममा पास भएको अध्यक्ष थिङ्ले बताउनु भयो ।