मुक्तक -१
एक्लो भएँ जस्तो लाग्छ,तिमीले मलाई छोडेपछि
जिउँदो लास भई ढलें हेर,प्रितको पर्खाल तोडेपछि
पुग्नु थियो धेरै टाढा,माया पनि गर्थे म उस्तै गाढा
आज गन्तव्य विहीन भएँ तिमीले कदम मोडेपछि।
मुक्तक -२
भुल्दो रहेछु ति पीडा सारा तिम्रो त्यो आलिङ्गन कँसाईमा
कस्तो मधुर शीतलता बासन्ती त्यो पिपल छायाँ बँसाईमा
छल्दो रहेछु म अतितका आर्त ति भोगाई र दुखाईहरू सबै
को होला नलोभिने मन्द मुस्कान तिम्रो त्यो दन्ते हँसाईमा।
मुक्तक -३
एक्लै हुँदा हजारौं हजार रातहरूलाई नसुतेर नै काटे मैले
आँसुले सिरानी रुजाउँदै तिमीसित धेरै सपनाहरू साटे मैले
पुरै समाज यहाँ अन्धो हुँदा कसले देख्यो र पीडामा म रुँदा
आफ्नै घाँटी आफै कस्न कसलाई थाहा डोरीसम्म बाटे मैले।
मुक्तक -४
कति गहिरो थियो सानु मेरो अभिलाषा माया साटेर
मात्र तिमीसित हाँस्दै खेल्दै मुग्लानै पस्ने डाँडै काटेर
निरस मेरो यो जिन्दगीमा अन्जानमै जन्मिएको माँया
फलाउँला फुलाउँला भनेको को त छुटी गयो दिलै फाटेर।
गोबिन्दराज पौडेल
पाणिनी -७ अडगुरी
अर्घाखाँची ।