फुल्ने रहर थियो काँडा बनाइदियो
बीचमा अग्लो डाँडा बनाइदियो
भेट्ने ईच्छा त ईच्छा मात्रै रह्यो
समयले टाढा टाढा बनाइदियो।।
हुनेखानेलाई मात्र चिन्ने गर्छ शहर
पैसामा सबैथोक किन्ने गर्छ शहर
जेसुकै होस दुनियाँलाई बाल मतलब
गरिबहरूकै खुसी छिन्ने गर्छ शहर।।
खोज्दै छु जिन्दगी आधा कहाँ छ भनेर
हेर्दै हिन्छु बाटोभरी बाधा कहाँ छ भनेर
कलियुगको कृष्णहरूलाई के थाह
यतिखेर आफ्नो राधा कहाँ छ भनेर।।