काभ्रे : काभ्रे सम्पर्क समिती द. कोरियाद्वारा आर्थिक रुपमा कमजोर तथा जेहेन्दार विध्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले काभ्रेपलान्चोक जिल्लाको महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका र रोशी गाउँपालिका गरि ३ वटा स्थानीय तहका ९ वटा सामुदायिक बिध्यालयमा अध्ययनरत करिब १३५ जना गरिब तथा जेहन्दार बिध्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरेको हो ।
संस्थाले शैक्षिक पठनपाठनमा अब्बल भएका तर तुलनात्मक रुपमा कम्जोर आर्थिक स्थिति कमजोर भएका विध्यार्थीहरुलाई संस्थाको लोगो अंकित स्कुल ब्याग, क्यालकुलेटर, जियोमेट्री बक्स, कापी, डट्पेन, पेन्सिल, लगायतका शैक्षिक तथा स्टेसनरी सामाग्री वितरण गरेको थियो ।
शैक्षिक सामाग्री बितरणका गर्नका लागि ३ वटै स्थानीय तहबाट छुट्टाछुट्टै संयोजक चयन गरेर मापदण्ड निर्धारण तथा जिम्मेवारी बाँडफाँड गरि समाग्री वितरण गरिएको थिायो । प्रत्येक गाउँपालिकाबाट ३÷३ वटाको दरले विधालय छनोट गरिएको थियो ।
छनोटमा परेका प्रत्येक विद्यायालयबाट गरिब,जेहन्दार, अशक्त तथा अपांग विद्यार्थीहरु छानिएका थिए । प्रति विद्यायार्थी एक झोला, छ ओटा कापी, एक क्यालकुलेर, एक जियोमेट्री बक्स, दुई ड्ट्पेन,दुई पेन्सिल वितरण गरिएको थिायो ।
यस कार्यक्रम भब्य रुपमा सफल बनाउन नेपालबाट सामाग्री ब्यबस्थापन तथा बितरण कार्यमा हरिकृष्ण श्रेष्ठ, यम श्रेष्ठ यस संस्थाका सल्लाहकार सानु लामा, मनोज मगर तथा कार्यसमिति पदाधिकारी हरु केशवमान लामा,अजय लामा,देबिमाया चौलागाईं लगायतले अहोरात्र खटेर महत्वपूर्ण योगदान पुर्याउनुहुन भएको थियो ।