घमन्डी पनि एक दिन अवश्य हार्छ
तब उसलाई समाजले पनि धिकार्छ
महाशय ननाघ हो घमन्डको सीमा,
पानीले पनि त आगोको सेखी झार्छ
नदेखाउ स्वाङ चौरासी व्यञ्जनको,
बढी भयो भने खुराकीले नि बिगार्छ
किन हँ गाउँबाट सहर झरेको फूर्ति,
बिरालोले नि समयानुकूल बसाई सार्छ ।
अगाडि मिठो बोले नि मन त धुजैधुजा
पछाडिबाट कैँची चलाउनेले नै पार्छ ।
रवि श्रेष्ठ, सन्धिखर्क –१, अर्घाखाँची,
हाल–बुटवल, रुपन्देही,नेपाल