काठमाडौँ : संसदीय छानबिन विशेष समितिको कार्यविधि २०८१ जारी गर्दै सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय समितिको क्षेत्राधिकार तोकिएको हो । सहकारीहरूको समस्यामा परेका छानबिनका लागि जेठ १५ गते गठन भएको संसदीय छानबिन विशेष समितिको कार्यक्षेत्र तोकिएको छ । कार्यविधिमा सहकारी संस्थाहरूमा देखिएको संकट र यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिताको विषयमा समितिले अध्ययन गर्ने उल्लेख गरिएको छ ।
जोखिममा रहेका र दुरुपयोग भएको बचतको कार्यविधि अनुसार छिटो र सरल फिर्ता कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि समितिले अध्ययन गर्न पाउनेछ । गैरकानुनी रूपमा रकम प्रवाह भएको, नभएको अध्ययन गरी गोरखा मिडिया लगायत अन्य कम्पनी वा संस्थाबाट प्रवाह भएको रकम जोखिममा पार्न संलग्नलाई कारबाहीका लागि सिफारिस गर्ने सम्मको काम अध्ययन समितिले गर्नुपर्ने कार्यविधिमा जनाईएको छ ।
बैठक आव्हानका लागि सूचना दिने र अन्य सदस्यलाई बोल्नका लागि समितिको सभापतिले समय निर्धारण गर्नुपर्नेछ । सूचना दिएर बैठक बोलाइएको समयमा उपस्थित हुन नसक्ने भए सभापतिले पूर्ण सुचना दिएर बैठक स्थगित गर्न सक्नेछन् । बैठकको कार्यसूची अघिल्लो बैठकबाट शुरु हुनेछ । बैठक बोलाइएको समयमा उपस्थित हुन नसक्ने भए सभापतिलाई पूर्व सूचना दिनुपर्ने प्रावधान कार्यविधीमा उल्लेख छ ।